गाउँ सहर

यी हुन् २० देशमा सिफारिस राजदूत

काठमाडाैं । सरकारले लामो समयदेखि रिक्त रहेका विभिन्न २० देशमा राजदूत सिफारिस गरेको छ ।

परराष्ट्रमन्त्री नारायण खड्काले मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेर राजदूत सिफारिशको निर्णय गराएका हुन् । परराष्ट्र सेवाबाट ८ जना र राजनीति दलका कोटाबाट १२ जना राजदूत सिफारिश भएका छन् ।  

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकबाट उनीहरूलाई राजदूत सिफारिस गरेको हो ।

उत्तरी छिमेकी चीनका लागि राजदूतमा बिष्णुपुकार श्रेष्ठ सिफाररिस भएका छन्। उनी माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका हुन् । 

भोलिदेखि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने भएकाले सरकारले आजै राजदूत सिफारिस गरेको हो ।  

सिफारिस व्यक्तिहरू संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राजदूत नियुक्त हुनेछन् । 

यी हुन् राजदूत सिफारिस भएकाहरू:

बिष्णुपुकार श्रेष्ठ-  चीन

दानबहादुर तामाङ- दक्षिण अफ्रिका

शर्मिला पराजुली ढकाल- स्पेन

बासुदेव मिश्र- श्रीलंका

मिलन तुलाधर- रूस

डिल्लीराज पौडेल- मलेसिया

शान्ता रिजाल -इजरायल

नवराज सुवेदी- साउदी अरब

घनश्याम बन्जाडे- बंगलादेश

दुर्गाबहादुर सुवेदी -जापान

निर्मलराज काफ्ले- ब्राजिल

भरतकुमार रेग्मी- अष्ट्रिया

सुशीलकुमार लम्साल - इजिप्ट

कैलाश पोखरेल- अष्ट्रेलिया

ज्योति प्याकुरेल -दक्षिण कोरिया

रामसुरज राय यादव- डेनमार्क

नरेशविक्रम ढकाल

डोरनाथ अर्याल

तिर्थराज वाग्ले

हरिशचन्द्र घिमिरे

गाउँ सहर संवाददाता