आगामी निर्वाचन अग्रगमन र प्रतिगमनको लडाइँ हो, माओवादीले जित्दा मात्रै राष्ट्र सुरक्षित छ : प्रचण्ड
- गाउँ सहर संवाददाता
- २४ चैत बिहीबार, २०७८ | १६:३४:०० मा प्रकाशित
काठमाडाैं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचन सामान्य निर्वाचन मात्र नभई न्याय र अन्याय, अग्रगमन र प्रतिगमन बीचको लडाइँ भएको बताएका छन् ।
बिहीबार सिराहामा आयोजित सहिद रामप्रताप साह प्रवेशद्वार तथा नगर अस्पताल भवन शिलान्यास कार्यक्रममा उनले देशमा संविधान र गणतन्त्र उल्ट्याउन दक्षिणपन्थी र हिजोका राजावादीबीच साँठगाँठ बढेको पनि बताए ।
यसकारण देशमा प्राप्त महत्वपूर्ण उपलब्धिलाई जोगाउन पनि स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा पार्टीले जित्नैपर्ने भन्दै उनले पहिला माओवादीले संघियता छोडेको भ्रम दिने कोसिस भएको बताए ।
गएको वर्षमा प्रतिगमनलाई परास्त गर्न सफल भयौं, मधेसमा जागरण, साँचो अर्थमा माया गर्ने, निरन्तर लड्ने भएकोले पनि निर्वाचनमा माओवादीको पक्षमा लहर आउने उनको भनाइ छ । माओवादीले जित्दा मात्रै राष्ट्र सुरक्षित छ, उनले भने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस