नेपाल बारको अध्यक्षमा घिमिरेको अग्रता
- गाउँ सहर संवाददाता
- २४ चैत बिहीबार, २०७८ | १४:३४:०० मा प्रकाशित

काठमाडाैं । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहतर्फबाट अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता लिएका छन् । हालसम्म ३३ केन्द्रको मतगणना गर्दा उनले दुई हजार २१५ मत प्राप्त गरेका छन् भने प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका अध्यक्ष विष्णुमणि अधिकारीले एक हजार १२२ प्राप्त गरेका छन् ।
प्रमुख निर्वाचन अधिृकत तथा वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार हालसम्म ३३ केन्द्रको मतगणना सम्पन्न भएको छ । आजदेखि आठ स्थानमा मतगणना भइरहेको छ । हालसम्म गणना भएको मतमा घिमिरेले नेतृत्व गरेकाे समूहको अग्रता कायम छ । महासचिवमा अञ्जिता खनालले एक हजार ९५१मत ल्याएकामा उनको प्रतिस्पर्धी केदारप्रसाद कोइरालाको मत एक हजार ३०० छ । कोषाध्यक्षमा भरतबहादुर राउतले दुई हजार १५१मत ल्याएकामा उनका प्रतिस्पर्धी जगतबहादुर कार्कीले एक हजार १७५ मत प्राप्त गरेका छन् । मङ्गलबार बिहानदेखि मतगणना सुरु भएको थियो । आज बिहान ९ बजेदेखि पुनः मतगणना भइरहेको छ । शुक्रबारसम्म सम्पूर्ण नजिता आउने गरी मतगणनाको तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत पाठकले जानकारी दिएका छन् ।
बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाता रहेकामा सात हजार ४२९ मत खसेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस