कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
- गाउँ सहर संवाददाता
- २४ चैत बिहीबार, २०७८ | १२:४३:०० मा प्रकाशित

काठमाडाैं । कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ । ललितपुरको लुभुमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको हाे ।
हिजाे साँझ ६ बजे लुभुमा कारको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहले जानकारी दिएका छन् ।
महालक्ष्मी नगरपालिका-८ बिसुन्डोलबाट लुभु हुँदै लामाटार तर्फ जाँदै गरेको बा १६ च ३६८७ नम्बरको कारले बालकलाई ठक्कर दिएको हो ।
ठक्करबाट रामेछाप मन्थली नगरपालिका-९ घर भई लुभुकै सेराफाँटमा टहरामा बस्दै आएका दुई वर्षीय आर्यन पुरी घाइते भएका थिए । उनको उपचारको लागि किष्ट अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।
बालकलाई ठक्कर दिएपछि लामाटार घर हुने ४१ वर्षीय चालक सुजनराज शर्मा आफैँले आमा विमला र छोरालाई राखेर अस्पताल पुर्याएका थिए ।
गाडी र चालक महानगरीय प्रहरी वृत्त सातोबाटोको नियन्त्रणमा छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस