थप ३२५ मेगावाट बिजुली बेच्न नेपालले पायो अनुमति
- गाउँ सहर संवाददाता
- २३ चैत बुधबार, २०७८ | १५:११:०० मा प्रकाशित

काठमाडाैं । भारतले थप ३२५ मेगावाट बिजुलीलाई आफ्नो प्रतिस्पर्धी बजारमा बेच्न नेपाललाई अनुमति दिएको छ ।
ऊर्जा मन्त्री पम्फा भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै थप बिजुली निर्यात गर्न स्वीकृत मिलेको जानकारी दिइन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण लगत्तै त्यहाँको ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिरकण अन्तर्गतका थप ३ र निजी क्षेत्रले बनाएको एउटा आयोजनाको बिजुलीलाई त्यहाँको ‘डे अहेड’ मार्कोटमा प्रवेशको अनुमति दिएको हो ।
१४४ मेगावाटको काली गण्डकी ए जलविद्युत् आयोजनाको १४० मेगावाट, ६९ मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट, ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको ६८ मेगावाट बिजुलीलाई भारतले आफ्नो बजारमा बेच्न अनुमति दिएको मन्त्रालय स्रोतले जानकारी दियो ।
गत शनिबार नयाँदिल्लीमा प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको वार्तामा थप बिजुली निर्यात गर्ने विषयमा कुरा भएको थियो । सोहीअनुसार भारतले थप बिजुली निर्यात गर्न स्वीकृति दिएको हो ।
प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले थप बिजुली निर्यात गर्न स्वीकृति दिएको कुरा आजमात्रै जानकारीमा आएको बताए ।
अहिले नेपालले भारतबाट बिजुली किनिरहेको छ । बर्खामा नेपालमा उत्पादित बढी भएको बिजुली भारतको खुला बजारमा बिक्री हुनेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस