उत्कृष्ठ निर्यातकर्ता एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजलाई सम्मान
- गाउँ सहर संवाददाता
- २२ चैत मंगलबार, २०७८ | २१:३५:०० मा प्रकाशित

काठमाडौं । एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिज गत आर्थिक वर्ष २०७७/७८ को नेपालकै सबैभन्दा उत्कृष्ठ निर्यातकर्ता भएको छ । राजधानीमा सम्पन्न निर्यात व्यवसायी महासंघको कार्यक्रममा एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजलाई नेपालमै अलैची प्रशोधन गरी निर्यात क्षेत्रमा उल्लेखनिय योगदान गरेकोमा सम्मान गरिएको हो ।
नेकपा एमालेका अध्यक्ष्य तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजका अध्यक्ष्य निर्मल भट्टराईलाई सम्मान पत्र प्रदान गरेका थिए । भट्टराई नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष पनि हुन् ।
नेपालमै फलेको अलैंचीलाई विभिन्न प्रोसेसिङ्ग, लेवलिङ्ग र प्याकेजींग गरेर प्रशोधन गर्दै आएको एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजले गत बर्ष २८ करोड रुपैयाँ बराबरको अलैँची निर्यात गरेको थियो ।
नेपाल सहित विदेशी बजारमा लोकप्रिय बन्दै गरेको एभरेष्ट लार्ज कार्डममको प्रसोधन उद्योगअर्जुनधारा नगरपालिका–८, झापा मा स्थापित गरिएको छ। उद्योगमा भट्टराई सहितअन्य तिन व्यवसायीस् सञ्जिव घिमिरे, भरत चौधरी र रामकृष्ण विष्टको लगानी रहेको छ ।
एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजले अहिले मिजाज माउन्टेन पल्र्स, मिजाज अलैंची पाउडर, मिजाज अलैंची दाना र मिजाज अलैंची गरी चार अलैंचीका प्रकारहरु उत्पादन गर्दै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस