उत्कृष्ठ निर्यातकर्ता एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजलाई सम्मान
- गाउँ सहर संवाददाता
- २२ चैत मंगलबार, २०७८ | २१:३५:०० मा प्रकाशित
काठमाडौं । एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिज गत आर्थिक वर्ष २०७७/७८ को नेपालकै सबैभन्दा उत्कृष्ठ निर्यातकर्ता भएको छ । राजधानीमा सम्पन्न निर्यात व्यवसायी महासंघको कार्यक्रममा एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजलाई नेपालमै अलैची प्रशोधन गरी निर्यात क्षेत्रमा उल्लेखनिय योगदान गरेकोमा सम्मान गरिएको हो ।
नेकपा एमालेका अध्यक्ष्य तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजका अध्यक्ष्य निर्मल भट्टराईलाई सम्मान पत्र प्रदान गरेका थिए । भट्टराई नेपाल अलैंची ब्यवसायी महासंघका केन्द्रीय अध्यक्ष पनि हुन् ।
नेपालमै फलेको अलैंचीलाई विभिन्न प्रोसेसिङ्ग, लेवलिङ्ग र प्याकेजींग गरेर प्रशोधन गर्दै आएको एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजले गत बर्ष २८ करोड रुपैयाँ बराबरको अलैँची निर्यात गरेको थियो ।
नेपाल सहित विदेशी बजारमा लोकप्रिय बन्दै गरेको एभरेष्ट लार्ज कार्डममको प्रसोधन उद्योगअर्जुनधारा नगरपालिका–८, झापा मा स्थापित गरिएको छ। उद्योगमा भट्टराई सहितअन्य तिन व्यवसायीस् सञ्जिव घिमिरे, भरत चौधरी र रामकृष्ण विष्टको लगानी रहेको छ ।
एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजले अहिले मिजाज माउन्टेन पल्र्स, मिजाज अलैंची पाउडर, मिजाज अलैंची दाना र मिजाज अलैंची गरी चार अलैंचीका प्रकारहरु उत्पादन गर्दै आएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस