रामेछाप पुगेका थापाले बाटो बिराएको स्वीकार्दै भने- स्थानीय चुनावमा एमालेसँग गठबन्धन हुन सक्छ
- गाउँ सहर संवाददाता
- २१ चैत सोमबार, २०७८ | १८:२७:०० मा प्रकाशित
रामेछाप । राप्रपा नेपालका अध्यक्ष कमल थापालेआगामी निर्वाचनमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताएका छन् ।
सोमबार राप्रपा नेपाल रामेछाप जिल्ला समितिद्वारा सदरमुकाम मन्थलीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताएका हुन् ।
उनले विगतमा ठूलो पार्टी बन्ने चाहनामा परेर गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्वीकारेका छन् ।
विगतमा जनमुखी र संगठनमुखी हुन नसकेको बताएका हुन् । उनले सत्ता केन्द्रित फोहोरी खेलमा अलमलिँदा पार्टी महत्त्वहीन र भूमिकाविहीन भएकोले विगतका त्रुटि र कमजोरी सच्याउँदै आगामी दिनमा गल्ती नगर्ने बाचासहित राप्रपा नेपाल पुनर्जागृत गरी जनताको माझमा आएको स्पष्ट पारे ।
नेपाललाई बाह्य शक्ति केन्द्रहरूको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउने खेल अनुसार काम भइरहेको भन्दै थापाले ठुला भनिने दलहरू मुलुकको स्वाधीनता र समृद्धिमा भन्दा ब्रम्हलुटमा केन्द्रित भएको समेत आरोप लगाए । भ्रष्टाचार, बेरोजगारी र कुशासनको दलदलमा फसाउने अदूरदर्शी दलहरूको विकल्प खोज्ने बेला भन्दै थापाले राप्रपा नेपाल नै अरू असफल दलको विकल्प हुन सक्ने दाबी गरे ।
धर्म परिवर्तनको डढेलोले गर्दा मुलुक धार्मिक द्वन्द्व तर्फ जानेमा समेत थापाले चिन्ता व्यक्त गरे । राप्रपा नेपालले आगामी दिनमा राजाको एजेन्डालाई कार्यनीति बनाउन नसकिने भन्दै पार्टीको एजेन्डा संवर्द्धनवाद, सुशासन, हिन्दुत्व र समृद्धि हुने स्पष्ट पारे । अध्यक्ष थापाले सुनकोसी मरिन डाइभर्सनले असर गरेकाहरूको उचित क्षतिपूर्ति पाउनु पर्ने समेत बताए ।
जिल्ला अध्यक्ष रामचन्द्र कँडेलको अध्यक्षतमा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष लाक्पा तामाङ, महामन्त्री राजाराम गर्ताेला लगायतले पनि बोलेका थिए । भेलामा झण्डै तीन दर्जन युवा युवतीले राप्रपा नेपालमा प्रवेश गरेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस