रामेछाप पुगेका थापाले बाटो बिराएको स्वीकार्दै भने- स्थानीय चुनावमा एमालेसँग गठबन्धन हुन सक्छ
- गाउँ सहर संवाददाता
- २१ चैत सोमबार, २०७८ | १८:२७:०० मा प्रकाशित

रामेछाप । राप्रपा नेपालका अध्यक्ष कमल थापालेआगामी निर्वाचनमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताएका छन् ।
सोमबार राप्रपा नेपाल रामेछाप जिल्ला समितिद्वारा सदरमुकाम मन्थलीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताएका हुन् ।
उनले विगतमा ठूलो पार्टी बन्ने चाहनामा परेर गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्वीकारेका छन् ।
विगतमा जनमुखी र संगठनमुखी हुन नसकेको बताएका हुन् । उनले सत्ता केन्द्रित फोहोरी खेलमा अलमलिँदा पार्टी महत्त्वहीन र भूमिकाविहीन भएकोले विगतका त्रुटि र कमजोरी सच्याउँदै आगामी दिनमा गल्ती नगर्ने बाचासहित राप्रपा नेपाल पुनर्जागृत गरी जनताको माझमा आएको स्पष्ट पारे ।
नेपाललाई बाह्य शक्ति केन्द्रहरूको रणनीतिक प्रतिस्पर्धा स्थल बनाउने खेल अनुसार काम भइरहेको भन्दै थापाले ठुला भनिने दलहरू मुलुकको स्वाधीनता र समृद्धिमा भन्दा ब्रम्हलुटमा केन्द्रित भएको समेत आरोप लगाए । भ्रष्टाचार, बेरोजगारी र कुशासनको दलदलमा फसाउने अदूरदर्शी दलहरूको विकल्प खोज्ने बेला भन्दै थापाले राप्रपा नेपाल नै अरू असफल दलको विकल्प हुन सक्ने दाबी गरे ।
धर्म परिवर्तनको डढेलोले गर्दा मुलुक धार्मिक द्वन्द्व तर्फ जानेमा समेत थापाले चिन्ता व्यक्त गरे । राप्रपा नेपालले आगामी दिनमा राजाको एजेन्डालाई कार्यनीति बनाउन नसकिने भन्दै पार्टीको एजेन्डा संवर्द्धनवाद, सुशासन, हिन्दुत्व र समृद्धि हुने स्पष्ट पारे । अध्यक्ष थापाले सुनकोसी मरिन डाइभर्सनले असर गरेकाहरूको उचित क्षतिपूर्ति पाउनु पर्ने समेत बताए ।
जिल्ला अध्यक्ष रामचन्द्र कँडेलको अध्यक्षतमा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रिय उपाध्यक्ष लाक्पा तामाङ, महामन्त्री राजाराम गर्ताेला लगायतले पनि बोलेका थिए । भेलामा झण्डै तीन दर्जन युवा युवतीले राप्रपा नेपालमा प्रवेश गरेका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस