नेप्सेमा दोहोरो अंककाे गिरावट, काराेबार रकम पनि घट्याे
- गाउँ सहर संवाददाता
- २१ चैत सोमबार, २०७८ | १५:१९:०० मा प्रकाशित
काठमाडाैं । नेप्से साताको कारोबारको दोस्रो दिन सोमबार दोहोरो अंकले घटेको छ । आज नेप्से १५.९४ अंकले घटेर दुई हजार ४ सय ९७ दशमलब ४७ विन्दुमा थामिएकाे हो । आइतबार नेप्से ३०.८९ अंकले घटेर दुई हजार ५ सय १३ दशमलब ४१ विन्दुमा बन्द भएको थियो ।
आज कारोबार रकममा सामान्य वृद्धि भएको छ । आज १ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार १ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । इमर्जिङ नेपालको शेयरमूल्य ९.१२ प्रतिशतले बढेर प्रतिकित्ता १४७० रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थानको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५९६.५० रुपैयाँ पुगेको छ । त्यस्तै, नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२७७.३० रुपैयाँ पुगेको नेप्सेले जनाएकाे छ ।
नेप्सेका अनुसार आज सिटिजन्स म्युचुअल फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज ५.६६ प्रतिशतले घटेको छ ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी इमर्जिङ नेपालको भएको छ । यस कम्पनीको आज ६३ करोड ९१ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस