नेपालद्वारा पीएनजीलाई १६९ रनको लक्ष्य, दिपेन्द्रको एक हजार रन पूरा
- गाउँ सहर संवाददाता
- २१ चैत सोमबार, २०७८ | १३:५९:०० मा प्रकाशित
काठमाडौं । त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई जितका लागि १ सय ६९ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेले ।
आक्रामक ब्याटिङ गरेका करण केसीले अविजित रहदै ३३ रन बनाए ।
नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।
नेपाल आज पीएनजीलाई हराएर एकदिवसीय सिरिजको बदला लिन चाहन्छ । पीएनजीले यस अघि नेपालविरुद्धको दुई खेलको एकदिवसीय सिरिज २-० ले क्लिन स्विप गरेको थियो ।
पीएनजीले उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो । पीएनजीले ४ खेलमा ३ हार र एक जित निकालेको थियो । ४ खेलमा १ जित जित र ३ हार व्यहोरेको मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनल पुगेको हो ।
पीएनजी नेपाललाई पन्छाउँदै टी-ट्वान्टी सिरिजको पनि उपाधि उचाल्ने योजनामा छ ।
दिपेन्द्रको १ हजार रन पूरा
नेपाली अलराउन्डर दिपेन्द्र सिंह ऐरीले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध ब्याटिङ गर्दै दिपेन्द्रले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गरेका हुन् ।
पीएनजीविरुद्ध २१ रन जोडेसँगै दिपेन्द्रले १ हजार रनको आँकडा पूरा गरेका हुन् ।
टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा १ हजार रन पूरा गर्ने दिपेन्द्र पहिलो नेपाली खेलाडी बनेका छन् । दिपेन्द्रले टी-ट्वान्टी अन्तर्राष्ट्रियको ३४ इनिङ्स खेल्दै १ हजार रन पूरा गरेका हुन् ।
दिपेन्द्र टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी समेत हुन् । उनले ३८ खेल खेल्दा ३४ इनिङ्समा ब्याटिङ गर्दै १ शतक र ५ अर्धशतक बनाएका छन् ।
टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने दिपेन्द्रपछी पारस खड्का हुन् । उनले संस्यास अघि ७ सय ९९ रन बनाएका थिए ।
दिपेन्द्र टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एकै इनिङमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी समेत हुन् । उनले मलेसियाविरुद्ध १ सय २६ रनको अविजित शतकीय इनिङ खेल्दै नेपाली खेलाडीको उच्च स्कोर बनाएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
प्रतिकृया दिनुहोस