भायानेटले ल्यायो नयाँ रिफरल योजना
- गाउँ सहर संवाददाता
- २१ चैत सोमबार, २०७८ | १०:५१:०० मा प्रकाशित

काठमाडाैं । भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागी भई ग्राहकले तीन महिनाको इन्टरनेट सँगै एम आइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्ने भायानेटले जनाएकाे छ ।
यो योजना अन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट फ्री पाउने छन् । साथै ९० दिन भित्र कुनै पनि भायानेटको ग्राहकले तीन जना नयाँ ग्राहकलाई भायानेटको अल्ट्रा–फाई प्याक सफलता पूर्वक रिफर गरेमा एक महिनाको दरले तीन महिनाको इन्टरनेटसँगै एम आइको डुअल ब्याण्ड राउटर पनि सित्तैमा पाउन सक्ने जनाएकाे छ । ग्राहकले रिफरल इनामको लागि योग्य हुन उसले रिफर गरेको व्यक्तिले ६ महिना वा सोभन्दा माथिको प्याकेज खरिद गरेको हुनुपर्छ ।
भायानेटका ग्राहकले आफ्नो रिफरल बापतको उपहार नयाँ ग्राहकले इन्टरनेट जोडेर पहिलो पेमेन्ट गरेपछि पाउने छन् । ग्राहकले भायानेटको मोबाइल एप वा कस्टमर पोर्टलमा लग–इन गरी आफ्नो फ्री इन्टरनेट दाबी गर्न सक्नेछन् । भायानेटले प्रत्येक हप्ता एम आइको डुअल ब्याण्ड राउटर पाउन सफल रिफररहरूलाई आफ्नो इनाम सङ्कलन गर्न सम्पर्क गर्नेछ ।
भायानेटले नेपालका सबै जसो मुख्य सहरहरूमा विभिन्न प्याकेजहरू मार्फत गुणस्तरीय इन्टरनेट र टिभी सेवा प्रदान गर्दै आएको छ । भायानेटले अल्ट्रा–फाई लाइन अप अन्तर्गत सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट दिँदै आएको छ । विशेष गरी धेरै क्षमताको इन्टरनेट चाहिने ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यो सेवामा १७५ एमबीपीएसको इन्टरनेट सँगै २ ओटा भायाटिभीहरू पनि उपलब्ध छन् । यसको मूल्य मात्र रू १२५० प्रति महिना रहेको छ ।
भायानेटले यस नयाँ रिफरल योजना मार्फत आफ्नो ग्राहक वर्गमा थप उत्साह भर्ने आशा लिएको छ । यो अफर सीमित अवधिको लागि मात्र रहने भएकाले सुविधाको लाभ उठाउन तुरुन्त सम्पर्क गर्न भायानेटलाइ आग्रह गरेकाे छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्राइम कमर्सियल बैंक लि.को रक्तदान कार्यक्रम
- लेखनाथ हार्डवयरमा पंगेनी सर्वसम्मत
- चीनको विकास देखेर चकित परेँ, चिनियाँ लगानीकर्तालाई नेपाल अवसरको भूमि हो : प्रधानमन्त्री प्रचण्ड
- राष्ट्र बैंकले सार्वजनिक गर्यो गाई अंकित मेडालियन सिक्का
- आइएमईबाट सामाजिक सुरक्षा कोषको रकम जम्मा गर्ने सेवा सुरु
- घट्याे नेप्से, कारोबार दुई अर्ब ३२ करोड
- तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा
- सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ पुन: स्थगित
- एग्रो टुरिजम सहकारीका साधारणसभामा पौडेल सहित विभिन्न व्यक्तित्व सम्मानित
- बैदिक सनातन धर्म र संस्कृतिको जगेर्नाका लागि भागवत वाचन प्रतियोगिता
प्रतिकृया दिनुहोस