पीएनजीलाई हराउँदै नेपाल फाइनलमा, करणको ह्याट्रिक (फाेटाेफिचर)
- गाउँ सहर संवाददाता
- १७ चैत बिहीबार, २०७८ | १७:३२:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा पपुवा न्यु गिनी (पीएनजी) लाई ३७ रनले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अलराउण्डर करण केसीकाे ह्याट्रिक विकेटसहित नेपालले फाइनलमा स्थान बनाएको हो ।
२ सय ४ रनको लक्ष्य लिएर आएको पीएनजी १९.४ ओभरमा १ सय ६६ रनमा अलआउट भयो । पीएनजीको यो लगातार तेस्रो हार हो ।
करण केसीले दुवै ओपनर लेगा सिएका र कप्तान असाद भालालाई समान १ रनमा आउट गरे । सिएकालाई आउट गर्दै करणले ट्वान्टी २० अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरे । अन्तिम ओभरमा करणले चाड सोपर (२), सिमोन अटोइ (०) र नोसाइना पोकाना (०) लाई आउट गरी ट्वान्टी २० अन्तर्राष्ट्रियमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली खेलाडी बने ।
करणले ३.४ ओभरमा २१ रन खर्चेर ५ विकेट लिए । नेपाली खेलाडीले पहिलो पटक ट्वान्टी २० अन्तर्राष्ट्रियमा ५ विकेट लिएका हुन् । २०१५ को ट्वान्टी २० विश्वकप छनोटमा वसन्त रेग्मीले हङकङविरुद्ध १६ रन खर्चेर ४ विकेट लिनु नेपाली खेलाडीको ट्वान्टी २० अन्तर्राष्ट्रियमा यसअघिको उत्कृष्ट बलिङ प्रदर्शन थियो ।
चाल्र्स अमिनीले सर्वाधिक ४७ बलमा सर्वाधिक ६२ रन बनाउनेक्रममा ९ चौका प्रहार गरे । टोनी उराले २२ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाए । नोर्मन भानुआ १७ र सेसे बाउले २५ रन बनाए । दुबैलाई अविनाश बोहराले लगातार बलमा आउट गरे । अविनाशसँगैं सोमपाल कामीले २/२ र कप्तान सन्दीप लामिछानेले १ विकेट लिए ।
यसअघि पीएनजीले त्रिवि क्रिकेट मैदानमा बिहीबार टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाई २ सय ३ रन बनाएको थियो । दीपेन्द्रसिंह ऐरीले नेपालबाट ३३ बलमा सर्वाधिक ६६ रन बनाए । उनले १८ औं ओभरमा नोर्मन भानुआलाई लगातार तीन छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका थिए । दीपेन्द्रले कुल ३ चौका र ४ छक्का प्रहार गरे ।
ट्वान्टी २० अन्तर्राष्ट्रियमा नेपालको यो ५० औं खेल थियो । राउन्ड रोबिन लिगमा नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले र अघिल्लो दिन मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।
पीएनजी दुबै खेलमा पराजित भइसकेको छ । मलेसियासँगको खेल पनि ८ रनले पराजित पीएनजीलाई नेपालसँगको हारले फाइनल दौडमा पुग्न अप्ठ्यारो बनाएको छ ।
तस्बिर- क्यान

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस