आज पत्रकार महासंघको ६७ औं स्थापना दिवस मनाइँदै
- गाउँ सहर संवाददाता
- १६ चैत बुधबार, २०७८ | १३:२८:०० मा प्रकाशित
काठमाडाैं । नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ आफ्नो स्थापनाको ६७ औं वर्षमा प्रवेश गरेको छ । महासंघले आज विहानै देखिविभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाईरहेको छ ।
महासंघका अध्यक्ष विपुल पोखरेलले नेपाल पत्रकार महासंघ नेपालकै पहिलो लोकतान्त्रिक चरित्रको नागरिक संस्था रहेको बताएका छन् । उनले भने,‘ यो संस्थाले आफूलाई समावेशी र सबैभन्दा पहिले संघीय ढाँचामा जाने संस्थाका रुपमा प्रस्तुत गरेको छ । यो हाम्रो गौरवको विषय हो ।’
महासंघले स्थापनाकालदेखि नै नेपालमा श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवम् नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको पाेखरेलले बताए ।
महासंघको स्थापना दिवसका अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै हाम्रो दायित्व र समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न सबैमा उनले अपिल गरेका छन् ।
अप्रत्यासित रुपमा आएको कोरोना महामारीवाट नेपाली पत्रकारितामाथी चुनौति थपिएको छ । पत्रकारितामाथीको यो चुनौतिलाई आबश्यक रणनीति निर्माण गरेर सम्बोधन गरेर श्रमजीवी पत्रकारको पेशागत अधिकार स्थापित गर्दै संचार संस्थाहरुको सवलिकरणको दिशामा काम गर्ने प्रमुख दायित्वका साथ यतिबेला हामी अगाडि बढ्न जरुरी रहेको उनले बताए ।
उनका अनुसार ०७७ चैत्रमा २६औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले हाम्रा मुद्दाहरुलाई प्राथमिकताका साथ उठाउने छ । उनले भने,‘प्रेस स्वतन्त्रता, श्रमजिवीको सवाललाई केन्द्रविन्दूमा राखेर नै यो कार्यसमितिले आफ्ना रणनीति निर्माण गर्ने छ । यो हाम्रो साझा प्रतिबद्धता हो ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस