आज पत्रकार महासंघको ६७ औं स्थापना दिवस मनाइँदै
- गाउँ सहर संवाददाता
- १६ चैत बुधबार, २०७८ | १३:२८:०० मा प्रकाशित

काठमाडाैं । नेपाली पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ आफ्नो स्थापनाको ६७ औं वर्षमा प्रवेश गरेको छ । महासंघले आज विहानै देखिविभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाईरहेको छ ।
महासंघका अध्यक्ष विपुल पोखरेलले नेपाल पत्रकार महासंघ नेपालकै पहिलो लोकतान्त्रिक चरित्रको नागरिक संस्था रहेको बताएका छन् । उनले भने,‘ यो संस्थाले आफूलाई समावेशी र सबैभन्दा पहिले संघीय ढाँचामा जाने संस्थाका रुपमा प्रस्तुत गरेको छ । यो हाम्रो गौरवको विषय हो ।’
महासंघले स्थापनाकालदेखि नै नेपालमा श्रमजीवी पत्रकारको हक, हित र अधिकार तथा स्वतन्त्र पत्रकारिताको संस्थागत विकासका साथै राष्ट्रियता, लोकतन्त्र एवम् नागरिक अधिकारका लागि अहम् भूमिका खेल्दै आएको पाेखरेलले बताए ।
महासंघको स्थापना दिवसका अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दै हाम्रो दायित्व र समाजले अपेक्षा गरेको भूमिका निर्वाह गर्न सबैमा उनले अपिल गरेका छन् ।
अप्रत्यासित रुपमा आएको कोरोना महामारीवाट नेपाली पत्रकारितामाथी चुनौति थपिएको छ । पत्रकारितामाथीको यो चुनौतिलाई आबश्यक रणनीति निर्माण गरेर सम्बोधन गरेर श्रमजीवी पत्रकारको पेशागत अधिकार स्थापित गर्दै संचार संस्थाहरुको सवलिकरणको दिशामा काम गर्ने प्रमुख दायित्वका साथ यतिबेला हामी अगाडि बढ्न जरुरी रहेको उनले बताए ।
उनका अनुसार ०७७ चैत्रमा २६औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले हाम्रा मुद्दाहरुलाई प्राथमिकताका साथ उठाउने छ । उनले भने,‘प्रेस स्वतन्त्रता, श्रमजिवीको सवाललाई केन्द्रविन्दूमा राखेर नै यो कार्यसमितिले आफ्ना रणनीति निर्माण गर्ने छ । यो हाम्रो साझा प्रतिबद्धता हो ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
प्रतिकृया दिनुहोस