गाउँ सहर

नेपाल संस्कृत विश्वविद्यालयमा जागिरकाे अवसर (सूचनासहित)

काठमाडाैं । नेपाल संस्कृत विश्वविद्यालयले विभिन्न पदमा कर्मचारी माग गरेको छ । विश्वविद्यालयले प्राध्यापक, सहप्राध्यापक, उप-प्राध्यापक, वरिष्ठ सहायकसहित विभिन्न पदका कर्मचारी माग गरेको हो । बढुवा, खुला तथा आन्तरिक प्रतियोगितामार्फत रिक्त रहेका विभिन्न पदमा स्थायी पदपूर्ति गर्नेगरी दरखास्त आह्वान भएको हो ।

विश्वविद्यालयको कार्यकारी परिषद्बाट लेखी आए बमोजिम सेवा आयोगको निर्णय अनुसार दरखास्त आह्वान गरिएको बुधबार प्रकाशित सूचनामा भनिएको छ । आज गोरखापत्रमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

 

गाउँ सहर संवाददाता