स्वास्थ्य

देशभर ४२ जना कोरोना संक्रमित थपिए, मृत्यु शून्य

काठमाडाैं । देशमा पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि निधन भएको छैन । हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।

मंगलबार ८६ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर १ हजार १९८ जना सक्रिय संक्रमित रहेका छन् ।

बितेकाे चौबीस घण्टामा ४ हजार ३२२ पीसीआर तथा १ हजार १४९ एन्टिजेन परीक्षण भएको मन्त्रालयले बताएकाे छ । 

 

गाउँ सहर संवाददाता