मंगलबार दाेहाेराे अंकले घट्याे शेयर बजार, काराेबार रकम पनि खुम्चियाे
- गाउँ सहर संवाददाता
- १५ चैत मंगलबार, २०७८ | १५:४४:०० मा प्रकाशित
काठमाडाैं । शेयर बजारमा साताको कारोबारको तेस्रो दिन मंगलबार दोहोरो अंकले घटेको छ । आज नेप्से १४.२६ अंकले घटेर दुई हजार ५ सय २७ दशमलब ५८ विन्दुमा थामिएकाे नेप्सेले जनाएकाे छ । सोमबार नेप्से २९.९८ अंकले घटेर दुई हजार ५ सय ४२ दशमलब २८ विन्दुमा रोकिएको थियो ।
आज कारोबार रकममा पनि गिरावट आएको छ । आज एक अर्ब ७५ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार २ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये ५१ कम्पनीको शेयरमूल्य बढेको छ भने १३१ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज राष्ट्र उत्थानको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १०९०.६० रुपैयाँ पुगेको छ भने इमर्जिङ नेपालको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०१२.३० रुपैयाँ र नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८७२.६० रुपैयाँ पुगेको छ ।
आज एनआइबीएल समृद्धि फण्ड २ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ५ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको आज ७ करोड ९१ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
प्रतिकृया दिनुहोस