अर्थतन्त्र

मंगलबार घट्याे सुनचाँदीकाे मूल्य, यस्ताे छ बजार भाउ

काठमाडाैं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । साेमबार सुनको मूल्य प्रतितोला एक लाख ५ सयमा कारोबार भएकोमा आज तोलामा १३ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार २ रुपैयाँ पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ पुगेको छ ।   

आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १३८० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १३७० रुपैयाँ मूल्य कायम गरिएको महासंघले बताएको छ ।      

गाउँ सहर संवाददाता