पीएनजीसँग नेपाल पराजित, राेहितकाे कीर्तिमान
- गाउँ सहर संवाददाता
- ११ चैत शुक्रबार, २०७८ | १७:५२:०० मा प्रकाशित
काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) सँग नेपाल पराजित भएको छ ।
त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन बनायो ।
रोमाञ्चक खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको हो ।
रोहितले १ सय २६ रनको कीर्तिमानी शतकीय इनिङमा समेत नेपालले जित निकाल्न सकेन ।
नेपालका रोहित पौडेलले १ सय २६ रनको कीर्तिमानी शतकीय इनिङ खेले । रोहितको यो अन्तराष्ट्रिय क्रिकेटमा पहिलो शतक हो । यस्तै रोहित एकदिवसीयमा सर्वाधिक रन बनाउने खेलाडी बने ।
उनले १ सय ७ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै नेपाललाई बलियो स्तिथिमा पुर्याएका थिए ।
नेपालका आरिफ शेखले ३४ रन, कुशल भुर्तेलले ३२ रन, सोमपाल कामीले अविजित १८, भिम शार्कीले १७, कमल सिंह ऐरीले १८ बनाउनु बाहेक अन्य खेलाडीले सम्झनालायक प्रदर्शन गर्न सकेनन् ।
पीएनजीका नोरमान भानुअले ३ विकेट लिए । यस्तै चार्ल्स अमिनी, असद भालाले समान २/२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनायो । नेपालविरुद्ध कुनै राष्ट्रले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा बनाएको यो नै सर्वाधिक रन हो ।
पीएनजीका दुई खेलाडीले अर्धशतक पुरा गरे । चार्ल्स अमिनीले सर्वाधिक ७७ रनको इनिङ खेले । उनले १ सय ३ बलमा ६ चौका र १ छक्का प्रहर गर्दै सर्वाधिक इनिङ खेले ।
कप्तान असद भालाले ५५ बलमा ११ चौका प्रहार गर्दै ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै ओपनर टोनी उराले ३८ रन बनाउँदा रिले हेकुरेले ३१ रनमा आउट भए । नोरमान भानुअले आक्रामक ४७ रन बनाए । जासन किलले १३ रनमा रहँदा सिमोन अटाइले २ रन बनाए ।
नेपालका कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए । कप्तान सन्दीप लामिछाने र आरिफ शेखले १/१ विकेट हात पारे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
प्रतिकृया दिनुहोस