स्थानीय चुनावसम्म गठबन्धन कायम रहन्छ, म कैलालीका जनतासँग भिजिसकेको छु यहीबाट चुनाव लड्छु : आरजु
- गाउँ सहर संवाददाता
- १० चैत बिहीबार, २०७८ | १३:३८:०० मा प्रकाशित
काठमाडाैं । नेपाली काँग्रेसकी नेतृ डा आरजु राणा देउवाले अहिलेका सत्ता गठबन्धनका राजनीतिक दलहरू आगामी निर्वाचनमा पनि मिलेर जाने बताएकी छन् ।
उनले अहिलेकै सत्ता गठबन्धनको जनादेश मिलेर जाँदा देशलाई अघि बढाउन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेकोले यही जनादेशको गठबन्धन निर्वाचनमा पनि कायम गरेर जाँदा राम्रो हुने बताइन् ।
नेतृ डा राणाले स्थानीय चुनाव तोकिएकै समयमा हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरिन् । उनले भनिन्, “संविधानको प्रावधानअनुसार नै निर्वाचन हुन्छ, निर्वाचन नहुने भन्ने कुरा खाली हल्ला मात्रै हो, हामीहरू सबै अब निर्वाचनको तयारीमा लाग्नुपर्छ ।”
नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यक्रममा नेपाली कांंग्रेसका केन्द्रीय सदस्यसमेत रहेकी डा देउवाले एक प्रसङ्गमा आगामी निर्वाचनमा काँग्रेसले जनताले रुचाएको व्यक्तिलाई नै टिकट दिने बताइन् ।
उनले भनिन् ‘‘जनताले रुचाएको, जनतासँगै रहेको, स्थानीय स्तरमा जनताका समस्यासँग जानकार रहेको र उनीहरूका आवश्यकताबारे जानकार रहेको व्यक्तिलाई नै पार्टीले टिकट दिन्छ ।’’
स्थानीय तह भनेका जनताको घर आँगनकै सरकार भएकाले उनीहरूका सुख, दुःखमा साथ दिने र अनुभवी व्यक्तिलाई नै पार्टीले टिकट दिने भन्दै त्यस्ता व्यक्तिलाई जिताएर पठाउन काँग्रेसका समग्र कार्यकर्तालाई आह्वान पनि गरेकी छन् । उनले आफ्ना विषयको एक प्रश्नमा आफू कैलालीका जनतासँग भिजिसकेकाले पार्टीले टिकट दिए फेरि पनि यहीँबाट निर्वाचन लड्ने बताइन् ।
नेतृ डा देउवाले काँग्रेसका नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनमा मिलेर र एकजुट भएर लाग्न आग्रह गरेकी छन् ।
‘म यहाँका जनतासँग भिजिसकेको छु । त्यसैले यही चुनाव लड्छु, मलाई यही ठाउँ मनपर्छ,’ उनले भनिन्,‘०७४ को चुनावमा तीन/चार दल मिलेर मलाई हराएका हुन, म हारेको होइन ।’
अहिले आफूलाई सर्लाहीमा चुनाव लड्न भनिएको भए पनि पार्टीले टिकट दिए धनगढीमै चुनाव लड्ने राणाको भनाइ छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
प्रतिकृया दिनुहोस