२५ जना डीएसपीकाे सरूवा, काे कहाँ ? (सूचीसहित)
- गाउँ सहर संवाददाता
- ९ चैत बुधबार, २०७८ | ११:१८:०० मा प्रकाशित

काठमाडाैं । प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको सरूवा भएको छ । मंगलबार साँझ २५ प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरूवा भएको हाे ।
प्रहरी प्रधान कार्यालयले हिजाे साँझ २५ जना डीएसपीलाई काज सरूवा गरेको जनाएकाे छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत डीएसपी अंगुर जिसीलाई जिल्ला प्रहरी परिसर ललितपुरमा खटाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत डीएसपी कबित कटवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा खटाइएको छ । अख्तियारमा कार्यरत सन्तोष निरौलालाई जिल्ला प्रहरी कार्यालय जाजरकोट सरूवा गरेको छ ।
त्यसैगरी,प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुममा कार्यरत डीएसपी गणेश बहादुर श्रेष्ठलाई काजमा खटाएको छ । केन्द्रीय अनुसन्धान विभागमा कार्यरत कृष्णराज ओझालाई जिल्ला प्रहरी कार्यालय हुम्ला खटाएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत विष्णु प्रसाद सोतीलाई जिल्ला प्रहरी कार्यालय पश्चिम रूकुम पठाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस