२५ जना डीएसपीकाे सरूवा, काे कहाँ ? (सूचीसहित)
- गाउँ सहर संवाददाता
- ९ चैत बुधबार, २०७८ | ११:१८:०० मा प्रकाशित
काठमाडाैं । प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको सरूवा भएको छ । मंगलबार साँझ २५ प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरूवा भएको हाे ।
प्रहरी प्रधान कार्यालयले हिजाे साँझ २५ जना डीएसपीलाई काज सरूवा गरेको जनाएकाे छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत डीएसपी अंगुर जिसीलाई जिल्ला प्रहरी परिसर ललितपुरमा खटाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत डीएसपी कबित कटवाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा खटाइएको छ । अख्तियारमा कार्यरत सन्तोष निरौलालाई जिल्ला प्रहरी कार्यालय जाजरकोट सरूवा गरेको छ ।
त्यसैगरी,प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुममा कार्यरत डीएसपी गणेश बहादुर श्रेष्ठलाई काजमा खटाएको छ । केन्द्रीय अनुसन्धान विभागमा कार्यरत कृष्णराज ओझालाई जिल्ला प्रहरी कार्यालय हुम्ला खटाएको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत विष्णु प्रसाद सोतीलाई जिल्ला प्रहरी कार्यालय पश्चिम रूकुम पठाएको छ ।
.jpg)
.jpg)
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस