नव आदर्श माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग
- गाउँ सहर संवाददाता
- ४ चैत शुक्रबार, २०७८ | १६:४०:०० मा प्रकाशित
काठमाडाैं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित 'हाम्रो विकास प्रवर्द्धन कोष' मार्फत काठमाडौं बसन्तपुर स्थित नव आदर्श माध्यमिक विद्यालयलाई विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागि आवश्यक पोशाक, स्कुल ब्याग, जुत्ता तथा स्टेशनरी सामग्रीहरु हस्तान्तरण गरेको छ ।
विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख दिलिप राज बरालले स्कुलका विद्यार्थीहरुलाई सो सामग्रीहरु हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ विभाग प्रमुख बसन्त दाहाल र न्युरोड शाखा प्रबन्धक जित बहादुर गुरुङ र नव आदर्श माध्यमिक विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णु राज श्रेष्ठ,सह - प्रध्यानाध्यापक द्वय बैकुण्ठ पौडेल र कृष्ण प्रसाद दवाडी लगायत विभिन्न शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।
नव आदर्श माध्यमिक विद्यालयले सीमान्तकृत वर्ग र आर्थिक अवस्था कमजोर भएका करिब ३०० जना विद्यार्थीहरु लाई न्युनतम शुल्कमा अध्यापन गराईरहेको छ । बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरुको आधारभूत आवश्यकता पुरा गरि गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने हेतुले सो सहयोग गरेको हो ।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित 'हाम्रो विकास प्रवर्द्धन कोष' मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध
- बागमतीको मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान
- प्रधानमन्त्री बालेनले भदौ १० मा सांसदहरूको प्रश्नको जवाफ दिने
- भदौका लागि वाणिज्य बैंकहरूको यस्ताे छ नयाँ ब्याजदर
- पब्जी मोबाइल विश्वकपमा नेपालको होरा इस्पोर्ट्सले जित्यो झन्डै दुई करोड पुरस्कार
- आजदेखि म्यानपावर व्यवसायीले श्रमिक विदेश पठाउन बन्द गर्ने
- आज नाग पञ्चमी पर्व मनाइँदै, यस्तो छ महत्त्व र पूजा विधि
- भोलिदेखि ग्यासको बिक्री–वितरण पुरानै प्रक्रियाबाटै
- दोरम्बा हत्याकाण्डको २३औँ स्मृति दिवसमा शहीदहरूको योगदान सम्झिँदै
- शेरबहादुर देउवाकै नेतृत्वमा १५ औँ महाधिवेशन गर्नेसहित पारित भए यी ५ प्रस्ताव
प्रतिकृया दिनुहोस