आज संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ हुँदै
- गाउँ सहर संवाददाता
- ४ चैत शुक्रबार, २०७८ | १३:३२:०० मा प्रकाशित
काठमाडाैं । केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न संवैधानिक आयोगमा गरेको नियुक्तिको विरुद्धको मुद्दामा आजकाे संबैधानिक इजलासमा पेसी तोकिएको छ ।
सर्वोच्च अदालतकाे आजको पेसीसूचिमा सो मुद्दाको पेसी संवैधानिक इजलासमा तोकिएको जनाइएको छ ।
संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति विरुद्धको मुद्दाको प्रारम्भिक सुनुवाइ आज हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पाैडेलले बताए । तत्कालीन नेकपा भित्रको आन्तरिक विवादका कारण संवैधानिक अयोगका पदाधिकारीको नियुक्तिका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नि सापकोटा र तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भए पछि ओली नेतृत्वको सरकारले संवैधानिक परिषद ऐन अध्यादेश मार्फत परिवर्तन गरी उपस्थित सदस्यको बहुमतले नियुक्ति सिफारिस गर्न मिल्ने प्रवाधान राखी सो नियुक्तिको सिफारिस गरेको थियो ।
संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
प्रतिकृया दिनुहोस