आज संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ हुँदै
- गाउँ सहर संवाददाता
- ४ चैत शुक्रबार, २०७८ | १३:३२:०० मा प्रकाशित

काठमाडाैं । केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न संवैधानिक आयोगमा गरेको नियुक्तिको विरुद्धको मुद्दामा आजकाे संबैधानिक इजलासमा पेसी तोकिएको छ ।
सर्वोच्च अदालतकाे आजको पेसीसूचिमा सो मुद्दाको पेसी संवैधानिक इजलासमा तोकिएको जनाइएको छ ।
संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति विरुद्धको मुद्दाको प्रारम्भिक सुनुवाइ आज हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पाैडेलले बताए । तत्कालीन नेकपा भित्रको आन्तरिक विवादका कारण संवैधानिक अयोगका पदाधिकारीको नियुक्तिका लागि बोलाइएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नि सापकोटा र तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भए पछि ओली नेतृत्वको सरकारले संवैधानिक परिषद ऐन अध्यादेश मार्फत परिवर्तन गरी उपस्थित सदस्यको बहुमतले नियुक्ति सिफारिस गर्न मिल्ने प्रवाधान राखी सो नियुक्तिको सिफारिस गरेको थियो ।
संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्रतिकृया दिनुहोस