जागरण, रुपान्तरण र मगर एकताको पक्षमा तेस्रो राष्ट्रिय महाधिवेशन काठमाडाैंमा हुने
- गाउँ सहर संवाददाता
- २ चैत बुधबार, २०७८ | १६:३२:०० मा प्रकाशित

काठमाडाैं । नेपाल राष्ट्रिय मगर संघ केन्द्रीय समितिको ११ औं पूर्ण बैठक सम्पन्न भएकाे छ ।
बैठक २०७८ असार ५ र ६ मा तेस्रो राष्ट्रिय महाधिवेशन नेपाल राष्ट्रिय मगर संघ केन्द्रीय समितिको ११ औं पूर्ण बैठक सभापति ओमबहादुर घर्ती मगरको अध्यक्षतामा मिति २०७८ फागुन ३० गते बसेकाे थियाे ।
बैठकले वडा अधिवेशन र पालिका अधिवेशन चैत्र मसान्त सम्म गर्ने भएकाे छ । समितिका अनुसार आगामी जेठ १४ भित्र जिल्ला अधिवेशन, जेठ २१ भित्र प्रदेश अधिवेशन, असार ५ र ६ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेकाे थियाे ।
जागरण, रुपान्तरण र मगर एकताको पक्षमा तेस्रो राष्ट्रिय महाधिवेशन' महाधिवेशनकाे मूल नारा रहेकाे छ ।
महाधिवेशन काठमाडौंमा हुने समितिले जनाएकाे छ ।
नेपाल राष्ट्रिय मगर संघ प्रदेश अधिवेशनका लागि प्रदेश १ बाट श्रीप्रसाद भलामी मगर, मधेस प्रदेशमा इच्छु राना मगर, बागमती प्रदेशमा कुसुमदेवि थापा मगर, गण्डकी प्रदेश दिनेश थापा मगर, लुम्बिनी प्रदेशमा कृष्ण थापा मगर, कर्णाली प्रदेशमा उमा थापा मगर र सुदुरपश्चिम प्रदेशबाट जितराज राना मगर केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरिएको संघले जनाएकाे छ ।
तेस्रो राष्ट्रिय महाधिवेशन मुल व्यवस्थापन समिति सभापति ओमबहादुर घर्तीमगरको संयोजकत्वमा केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरु, सातै प्रदेशका सभापतिहरु, केन्द्रीय विभागका सदस्यहरु र काठमाडौं उपत्यकाका ३ जिल्लाका सभापतिहरु रहेको १५१ सदस्यीय मुल व्यवस्थापन समिति गठन पनि गरेको छ ।
संघको तेस्रो राष्ट्रिय महाशिवेशन भव्यताका साथ सफल बनाउन तपशिल बमोजिमको समितिहरुको संयोजक तोक्नुका साथै १ हप्ता भित्र संयोजकले समितिलाई पूर्णता दिई केन्द्रीय कार्यालयमा जानकारी गराउन निर्देशन गर्ने निर्णय गरेकाे छ ।
तपशिल :
विधान संशोधन समिति - श्रीप्रसाद भलामी मगर
महाधिवेशन प्रतिनिधि दर्ता समिति - कुसुमदेवि थापा मगर
मगर सन्देश प्रकाशन - दिनेश थापा मगर
सांगठानिक प्रतिवेदन तयारी समिति - इच्छु राना मगर
सांस्कृतिक समिति - जितराज राना मगर
आर्थिक समितिर आर्थिक प्रतिवेदन तयारी समिति - कृष्ण थापा मगर
स्वयंसेवक परिचालन समिति - राम बहादुर थापा मगर
प्रचार समिति - टेक नाम्जाली मगर
खाद्य तथा बास व्यवस्थापन समिति - कोकिल अस्तानी मगर
हल व्यवस्थापन समिति - विष्णुमाया पुलामी मगर
यस्तै संघले नेपाली कांग्रेसले सुरुवात गरेको घर-घर जाऔं कांग्रेस जिताऔं अभियानलाई सफल बनाउनका लागि सक्रिय सहभागीता जनाउन मातहतका सबै समितिलाई निर्देशन दिने भएकाे छ । स्थानीय तहको निर्वाचन मगर समुदायको नेतृत्व स्थापित गराउन र नेपाली कांग्रेसलाई विजयी गराउन सभापति ओम बहादुर घर्ती थापा मगरको संयोजकत्वमा उपसभापति श्रीप्रसाद भलामी मगर, कुसुमदेवि थापा मगर, दिनेश थापा मगर र महामन्त्री इच्छु राना मगर सदस्य रहेको स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरिएको उसले बताएकाे छ ।
साथै उसले नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय समिति, प्रदेश सभा निर्वाचन समिति, पालिका समिति र वडा समितिमा निर्वाचित सबैमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेकाे छ ।
राष्ट्रिय मगर विद्यार्थी संघको प्रथम महाधिवेशन २०७८ चैत्र मसान्त सम्ममा काठमाडौंमा गर्न निर्देशन दिने निर्णय गरिएको छ । नेपाल मगर संघको राष्ट्रिय महाधिवेशनबारे नेपाल राष्ट्रिय मगर संघबाट आवश्यक समन्वय गर्न उपसभापति दिनेश थापा मगरलाई जिम्मेवारी दिने निर्णय गरिएको बताइएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
प्रतिकृया दिनुहोस