आजदेखि चितवनमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन
- गाउँ सहर संवाददाता
- १ चैत मंगलबार, २०७८ | १५:५१:०० मा प्रकाशित

काठमाडाैं । आजदेखि नेपाली कांग्रेस चितवन जिल्ला शाखाले जिल्लाका सबै निर्वाचन क्षेत्रमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरेको छ । जिल्लामा रहेका तीनवटै सङ्घीय निर्वाचन क्षेत्रमा आज औपचारिक कार्यक्रम गरी अभियान सुरु गर्न लागिएको हो ।
स्थानीय तहको निर्वाचन नजिकिएसँगै अभियान सुरु गरिएको सचिव ध्रुवराज पोख्रेलले जानकारी दिएका छन् । उनले भने, “निर्वाचनसँगै समाजमा एमसिसीबारेको भ्रम चिर्नका लागि अभियान सुरु गरिएको हो ।” चितवन क्षेत्र नम्बर १ मा क्षेत्रीय पार्टी कार्यालय पर्सा–२ मा कांग्रेस जिल्ला पार्टी कार्यालय र क्षेत्र नं ३ को गीतानगरस्थित होटल रोयल ब्याङ्क्वेटबाट अभियान शुभारम्भ गरिँदै छ ।
उनका अनुसार क्षेत्र नम्बर १ मा सचिव सूर्य अर्याल र सहसचिव दिनेश अधिकारी, क्षेत्र नम्बर २ मा उपसभापति शालिग्राम शर्मा र सचिव ध्रुवराज पोख्रेल र क्षेत्र नम्बर ३ मा उपसभापति राजीव न्यौपाने र सहसचिव गोपाल दराईलाई जिल्ला प्रतिनिधिको रुपमा खटाइएको छ । क्षेत्रको कार्यक्रमका लागि केन्द्रबाट खटिनुभएका केन्द्रीय प्रतिनिधि अव्दुल सतार उपस्थित भई अभियानका बारेमा जानकारी गराउनु हुनेछ ।
अभियानमा प्रत्येक निर्वाचन क्षेत्रमा जिल्ला कार्यसमितिका दुई प्रतिनिधिसहित कांग्रेस नेता तथा कार्यकर्ता परिचालन गरिएको पोख्रेलले जानकारी दिए । उनका अनुसार हरेक टोल, वडा तहमा ती नेता एवं कार्यकर्ता पुगेर सर्वसाधारणलाई एमसिसीका विषयमा भएको भ्रम चिर्ने र काँग्रेसका उम्मेदवारलाई मतदान गर्न प्रेरित गर्ने छन् ।
फागुन २९ गतेदेखि सुरु भएको अभियान चैत २९ गतेसम्म सञ्चालन गरिने छ । अभियानका क्रममा क्षेत्र, प्रदेश र वडा स्तरमा जागरणका कार्यक्रम सञ्चालन गरिने र टोल टोलमा नेपाली काँग्रेसको टोल कार्यसमिति गठन गरी पार्टी सङ्गठनलाई जनस्तरसम्म पु¥याइने छ । चितवनमा पार्टीको १४औँ महाधिवेशनका क्रममा २८ हजार क्रियाशील सदस्य पुगेका र अभियानका क्रममा तिनलाई समेत परिचालन गरिने बताइएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस