मंगलबार दाेहाेराे अंकले घट्याे शेयर बजार, काराेबार रकममा पनि गिरावट
- गाउँ सहर संवाददाता
- १ चैत मंगलबार, २०७८ | १५:१५:०० मा प्रकाशित
काठमाडाैं । शेयर बजारमा साताको कारोबारकाे तेस्रो दिन मंगलबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १७.१५ अंकले घटेर दुई हजार ६ सय ५० दशमलब ९७ विन्दुमा रोकिएको नेप्सेले जनाएकाे छ ।
आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ३ अर्ब ३६ करोड ४२ लाख बराबरको कारोबार भएको छ । कारोबार भएका ५२ वटा कम्पनीका लागानीकर्ताहरुले कमाएका छन् भने १३० कम्पनीका लगानीकर्ताहरुले गुमाएका छन् ।
नेप्सेका अनुसार आज इमजिङ नेपाल लिमिटेडको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४२९.७० रुपैयाँ पुगेको छ ।
आज नेपाल दुरसञ्चार कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५.१३ प्रतिशतले घटेको छ । आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीकोे भएको छ । यस कम्पनीको आज ३४ करोड २३ लाख भन्दा बढीको कारोबार भएको नेप्सेले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस