राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता हुँदै
- गाउँ सहर संवाददाता
- १ चैत मंगलबार, २०७८ | १३:५९:०० मा प्रकाशित

काठमाडाैं । राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सिर्जनशील युवा समाज नेपालको गुडीमुन्टे समूहको आयोजनामा कैलाली जिल्लाकै ठूलो धनराशिको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको हाे ।
टीकापुर नगर खेलकुद विकास समितिको संयोजनमा हुन लागेको राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता यहीँ चैत १४ गतेबाट टीकापुरमा आयोजना गर्न लागिएको हो ।
लामो समयसम्म टीकापुरमा खेलकुदका गतिविधि नहुँदा सो समूहले गत वर्षदेखि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो । त्यसैको निरन्तरतास्वरुप प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक नन्दसिंह विकले जानकारी दिएका छन् ।
“हामीले यो प्रतियोगिता फागुनमा नै गर्नुपर्ने हो । कोरोनाको सङ्क्रमणका कारण मिति तय गर्न सकिएन । त्यसपछि अर्को प्रतियोगिता पनि आयोजना भएको कारण समय सार्नुपरेको हो”, कार्यक्रम संयोजक विकले भने, “अब कार्यक्रमको तयारी सुरु गरेका छौँ । हामी टीकापुरलाई खेलकुद क्षेत्रबाट देशभर चिनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न थालेका हौँ ।”
उनले खेलकुदसँग पर्यटन क्षेत्र पनि जोडिएको कारण टीकापुर क्षेत्रको पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि पनि यो प्रतियोगिताले भूमिका खेल्ने बताए । “लामो समयसम्म टीकापुरमा खेलकुदका गतिविधि हुन सकेनन् । मेयर उपमेयर कप भए पनि त्यसले समग्र खेलकुदलाई जोड्न सकेन”, कार्यक्रम संयोजक विकले भने, “हामी समुदायमा जहिले पनि फरक कामबाट चिनिन चाहान्छौँ । त्यसैले वर्षौंसम्म टीकापुरमा हुन नसकेको भलिबल प्रतियोगिताको आयोजना गरेका थियौँ र त्यसलाई निरन्तरता दिइरहेका छौँ ।”
गत वर्ष ५० हजार प्रथम पुरस्कारबाट सुरु भएको प्रतियोगिताको दोस्रो संस्करणदेखि प्रथम पुरस्कार बढाएर रु एक लाख ५१ हजार एक बनाइएको बताइएको छ । कार्यक्रम संयोजक विकका अनुसार कैलाली जिल्लामा संस्थागतरुपमा आयोजना भएको भलिबल प्रतियोगिता अहिलेसम्मको यो धेरै धनराशिको हो । त्यस्तै प्रतियोगिताको दोस्रो हुनेले रु ७० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्रको प्राप्त गर्ने छन् ।
खेलमा तेस्रो स्थान हुनेले रु ३५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रप्त गर्ने छ भने सान्त्वना टिमले रु १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगितामा सहभागी हुने टिमले चैत १३ गतेसम्म टिम दर्ता गरिसक्नुपर्ने बताइएको छ । सो खेलकुद प्रतियोगिता आयोजना गर्न रु सात लाख ६० हजारको अनुमानित खर्च आकलन गरिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस