के छ नेपाली कांग्रेसले एमसीसीबारे भ्रम चिर्न तयार पारिएकाे पुस्तिकामा ?
- गाउँ सहर संवाददाता
- १ चैत मंगलबार, २०७८ | १३:०८:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसले एमसीसीबारे पुस्तिका सार्वजनिक गरेको छ । तीव्र विवादकाबीच संसद्बाट पास भएको एमसीसी सम्झौताबारे पार्टी कार्यकर्ता र जनतामा रहेको भ्रम चिर्न पुस्तिका तयार पारिएको कांग्रेसले जनाएको छ ।
कांग्रेस नेताहरू प्रताप पौडेल र महेश दुलालले तयार पारेको पुस्तिकाको शीर्षक 'एमसीसी अनुदान सहायता सम्झौता : भ्रम र यथार्थ' राखिएको छ ।
पार्टी केन्द्रीय कार्यालयले प्रकाशन गरेको ४६ पृष्ठको पुस्तकमा एमसीसीबारे उठेको प्रश्न र छरिएका भ्रमबारे उल्लेख छ ।
पुस्तकको प्रस्तावनामै नेपालजस्तो मुलुकका लागि ऋणभन्दा अनुदान नै उचित हो भन्ने कुरामा दुईमत नभएको उल्लेख छ । किताबमा महँगो व्याजमा ऋण लिएको ठीक तर अनुदान लिएको बेठिक भन्ने तर्क राख्नेहरू हाम्रो अर्थनीति र वास्तविकताबाट हैन, दलीय राजनीति र स्वार्थकेन्द्रित सोचबाट प्रेरित उत्तेजना र भ्रमको राजनीति गरिरहेको आरोप लगाइएको छ ।
एमसीसीमार्फत अमेरिकाले नेपालमा सैन्य गतिविधि सञ्चालन गर्छ भन्ने भ्रमलाई किताबले खारेज गरेको छ । किताबमा भनिएको छ, ‘एमसीसी अनुदान सहायतामार्फत अमेरिकाले नेपालमा सैन्य गतिविधि संचालन गर्छ, अमेरिकी सेना आउँछन् भन्ने अफवाह पूर्णत गलत छ । अमेरिकाको एमसीसी सम्बन्धी कानून ’मिलेनियम च्यालेन्ज ऐन–२००३’ ले स्पष्ट रुपमा कुनै पनि सैन्य प्रयोजनका निम्ति एमसीसी अनुदान कोषको प्रयोग गर्न निषेध गरेको छ ।’
त्यस्तै एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग नभएको समेत प्रष्टाइएको छ । एमसीसी अनुदान सहायता सम्झौतामा कुनै पनि दफामा हिन्द–प्रशान्त रणनीतिका बारेमा नलेखिएको पुस्तकमा उल्लेख छ । रकमबाट कुनै पनि सैन्य गतिविधि गर्न नपाउने कुरा उल्लेख भएको जनाइएको छ । एमसीसी सम्झौतामा नेपाली कांग्रेस मात्र नभइ प्रमुख सबै दलको संलग्नता देखाइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस