एमसीसीकाे बिराेध गर्न भीम रावललाई लाज छैन : प्रधानमन्त्री देउवा
- गाउँ सहर संवाददाता
- ३० फाल्गुण सोमबार, २०७८ | १४:१०:०० मा प्रकाशित
काठमाडाैं । एमसीसी परियोजनाको विरोध गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता भीम रावलप्रति कडा टिप्पणी गरेका छन् ।
नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न पुगेका प्रधानमन्त्री देउवाले रावलप्रति आक्रोश व्यक्त गर्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीले ल्याएको प्रस्ताव पास गर्न खोज्दा रावलले किन टाउको दुखाउने ? भन्दै प्रश्न गरेका छन् ।
प्रशासकीय भवन उद्घाटनका क्रममा देउवाले भने, ‘आफैं रक्षामन्त्री भएको क्याबिनेटबाट पास गरेर एमसीसी पास गर्न संसदमा ल्याउने, अहिले किन टाउको दुख्यो ? अरूलाई टाउको दुखेको छैन, भीम रावललाई टाउको दुख्यो ? उसबेला दिमाग खुस्क्याथ्यो ? त्यो बेला किन बिरोध नगरेको ? राजीनामा गर्नुपर्दैन, लाज छैन?’
ओली सरकारमा रावल रक्षामन्त्री हुँदा त्यो मन्त्रिपरिषदले एमसिसी पारित गरी संसदमा प्रस्ताव ल्याएको देउवाको भनाइ थियो ।
रावलले अहिले विरोध गर्नुको तुक नभएको बताउँदै लाज मान्नुपर्ने देउवाको भनाइ थियो ।
प्रधानमन्त्री देउवाले ओली सरकारले संसदमा पेश गरेको एमसिसी प्रस्ताव आफूहरूले पारित गरेको बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
प्रतिकृया दिनुहोस