नेपालसहित १४ सांसदविरुद्धको मुद्दालाई पूर्ण सुनुवाइका लागि पेश गर्न सर्वाेच्चकाे आदेश
- गाउँ सहर संवाददाता
- २९ फाल्गुण आइतबार, २०७८ | १४:०३:०० मा प्रकाशित
काठमाडाैं ।नेकपा एककिृत समाजवादी माधव नेपाल सहितका १४ सांसदविरुद्ध सर्वाेच्चमा दर्ता गरेको रिटमा आज ७ महिनापछि पहिलाे सुनुवाई भएको छ ।
न्यायाधीश ईश्वर प्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले एमालेले आफुले निष्कासन गरेका माधव नेपाल सहितका प्रतिनिधिसभाका १४ र लुम्बिनी प्रदेशका दुई सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै रिट सर्वाेच्चमा दर्ता गराएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट करीब ७ महिनापछि आज सर्वाेच्चले अव त्यस मुद्दालाई पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ । एमालेले सभामुखले पूर्वाग्रहका आधारमा आफुले निश्कासन गरेका सांसदलाई कारवाही नगरी पार्टी विभाजनमा भूमिका खेलेको भन्दै संसदमा पनि गत भदौं २३ यता निरन्तर अवरोध गदै आएको छ ।
सर्वाेच्चमा न्यायाधीश ईश्वर प्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले सो मुद्दालाई अब फैसलाको लागि पूर्ण सुनुवाई हुने आदेश दिएको हो । पूर्ण सुनुवाईको लागि मिति भने तोकिएको छैन ।
ओलीले अन्तरिम आदेश माग गरेपनि पटक पटक सुनुवाईका लागि पेशी तोकिदै मुद्दा धकेलिदै आएको थियो । अब पूर्ण सुनुवाईपछि १४ सांसदको पद कायम रहने वा पदमुक्त हुने टुंगो लाग्नेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस