नेपालसहित १४ सांसदविरुद्धको मुद्दालाई पूर्ण सुनुवाइका लागि पेश गर्न सर्वाेच्चकाे आदेश
- गाउँ सहर संवाददाता
- २९ फाल्गुण आइतबार, २०७८ | १४:०३:०० मा प्रकाशित

काठमाडाैं ।नेकपा एककिृत समाजवादी माधव नेपाल सहितका १४ सांसदविरुद्ध सर्वाेच्चमा दर्ता गरेको रिटमा आज ७ महिनापछि पहिलाे सुनुवाई भएको छ ।
न्यायाधीश ईश्वर प्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले एमालेले आफुले निष्कासन गरेका माधव नेपाल सहितका प्रतिनिधिसभाका १४ र लुम्बिनी प्रदेशका दुई सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै रिट सर्वाेच्चमा दर्ता गराएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट करीब ७ महिनापछि आज सर्वाेच्चले अव त्यस मुद्दालाई पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश दिएको छ । एमालेले सभामुखले पूर्वाग्रहका आधारमा आफुले निश्कासन गरेका सांसदलाई कारवाही नगरी पार्टी विभाजनमा भूमिका खेलेको भन्दै संसदमा पनि गत भदौं २३ यता निरन्तर अवरोध गदै आएको छ ।
सर्वाेच्चमा न्यायाधीश ईश्वर प्रसाद खतिवडा र कुमार चुँडालको संयुक्त इजलासले सो मुद्दालाई अब फैसलाको लागि पूर्ण सुनुवाई हुने आदेश दिएको हो । पूर्ण सुनुवाईको लागि मिति भने तोकिएको छैन ।
ओलीले अन्तरिम आदेश माग गरेपनि पटक पटक सुनुवाईका लागि पेशी तोकिदै मुद्दा धकेलिदै आएको थियो । अब पूर्ण सुनुवाईपछि १४ सांसदको पद कायम रहने वा पदमुक्त हुने टुंगो लाग्नेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस