घरघरमा कांग्रेस, जनजनमा कांग्रेस अभियान सञ्चालन गरिने
- गाउँ सहर संवाददाता
- २७ फाल्गुण शुक्रबार, २०७८ | १३:३४:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसले ‘घरघरमा कांग्रेस, जनजनमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । बैतडीमा नेपाली कांग्रेसले ‘घरघरमा कांग्रेस, जनजनमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको हाे । चुनावलाई सो अभियान सञ्चालन गर्ने तयारी भएको जिल्ला सभापति चतुरबहादुर चन्दले जानकारी दिएका छन् ।
जिल्लामा टोल समिति विस्तार अभियान जारी रहेको र अब घरघरमा पुग्ने अभियान सुरु हुनेछ । उनले भने, “हामीले पार्टीको जिल्ला कार्यसमितिको तेस्रो बैठकबाट घरघरमा जाऔँ, कांग्रेस जिताउ अभियान सञ्चालन गर्ने निर्णय गरेका हौँ । सोहीअनुसार पार्टीका नेता र कार्यकर्तासहित घरघरमा पुग्छौँ ।” यही फागुन २९ गतेदेखि एक महिनासम्म अभियान सञ्चालन गर्ने तयारी भएको जिल्ला सचिव प्रेमबहादुर चन्दले बताए । पार्टीको सङ्गठन विस्तार र सुदृढीकरणका लागि अभियान सञ्चालन गर्ने तयारी भएको हो ।
पार्टीको सिद्धान्त, नीति र विचारलाई आममानिसमा पु¥याउनका लागि अभियान सञ्चालनको तयारी भएको बताइएको छ ।
आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि प्रत्येक वडा, टोल र घरमा पुग्ने सभापति चन्दले जानकारी दिए । उक्त अभियानका लागि यज्ञराज जोशीलाई केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस