यस्तो छ राजपत्रमा प्रकाशित २०७९ सालको बिदाको सूची
- गाउँ सहर संवाददाता
- २७ फाल्गुण शुक्रबार, २०७८ | १२:२३:०० मा प्रकाशित

काठमाडाैं । सरकारले २०७९ सालमा शनिबारबाहेक ४३ दिन थप सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयले वर्ष २०७९ का लागि सार्वजनिक गरेको बिदा सूचीमा शनिबारबाहेक थप ४३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
बिहीबार मन्त्रालयले राजपत्र उक्त सूचना प्रकाशित गर्दै वैशाख १ गतेदेखि चैत मसान्तसम्म मुलुकभरिका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायका लागि हुने बिदाको सूची राखेको हो ।
आउँदो वर्षदेखि दशैँ बिदा लम्बिएको छ । पहिले फूलपातीदेखि एकादशीको दिनसम्म मात्रै बिदा हुने गरेकोमा आउँदो वर्षदेखि द्वादशीको दिनसम्मै बिदा दिने सरकारले निर्णय गरेको हो। यसअनुसार असोज १६ देखि २१ गतेसम्म दशैँ बिदा हुने भएको छ ।
यस्तै कात्तिक ७ देखि १० गतेसम्म तिहार बिदा हुनेछ । सरकारले आउँदो वर्ष क्रिसमस, धान्नेपूर्णे, मोहम्मद जयन्ती, तमु र सोनाम ल्होसार र मुस्लिम समुदायको चाडमा पनि बिदा दिने निर्णय भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस