बिजबजार अनलाइन सपिङ्ग एप गुगल प्ले स्टोरमा
- गाउँ सहर संवाददाता
- २७ फाल्गुण शुक्रबार, २०७८ | १०:४१:०० मा प्रकाशित
काठमाडाैं । नेपालका साना तथा मझौला उद्यमहरू (SMEs) लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्य सहित सञ्चालनमा रहेको बिजबजार इकमर्स प्लेटफर्मको एप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिने भएको छ ।
अनलाइन सपिङ्गलाई प्रयोगमा सरल, सुरक्षित एवम् भरपर्दो बनाउन कम्पनीमा आबद्ध कर्मचारी र विषय विज्ञहरूले लामो समयदेखि निरन्तर बिजबजार अनलाइन सपिङ्ग एपमा कार्य गर्दै आइरहेका छन् । यस एपबाट प्रयोगकर्ताहरूले अनलाइन सपिङ्गको प्रयोगमा एउटा छुट्टै एवम् विशिष्ट खालको अनुभव प्राप्त गर्नेछन् ।
यो अनलाइन सपिङ्ग एप प्रयोगकर्ताहरूका लागि अझ सहज, सुविधायुक्त र थप सेवाग्राहीमैत्री बनाउँदै समयसापेक्ष रूपमा अद्यावधिक गर्दै थप विशेषताहरू सहित सेवाग्राहीहरू समक्ष प्रस्तुत गर्दै जाने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।
एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलै 'Bizbazar Online Shopping App' एप डाउनलोड गर्न सक्नेछन् भने छिट्टै नै iOS प्रयोगकर्ताहरूका लागि एप्पल स्टोरमा पनि एप उपलब्ध हुने कुरा कम्पनीले जनाएको छ । यदि तपाई ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ्ग सेवा लिन चाहनेहरूले सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिने बताएकाे छ ।
Android users can click here to download the app.
Click here to visit Bizbazar's website.
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस