चुनाव केन्द्रित रामेछाप कांग्रेस : ८ वटै स्थानीय तहमा खटायाे संयाेजक
- गाउँ सहर संवाददाता
- २६ फाल्गुण बिहीबार, २०७८ | २२:०८:०० मा प्रकाशित
रामेछाप । नेपाली कांग्रेस रामेछापले चुनाव केन्द्रित कार्यक्रमका लागि ८ वटै स्थानिय तहमा संयाेजक ताेकेकाे छ ।
बिहीबार मन्थलीमा आयाेजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायण बहादुर बाेगटीले कांग्रेस केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार यहि फागुन २९ देखि चैत २१ गतेसम्म हुन लागेको 'घर घर जाऔँ- नेपाली कांग्रेस जिताऔँ 'भन्ने अभियानलाई सफल बनाउन जिल्लाका कार्यसमितिले संयाेजक ताेकिएकाे बताए ।
प्रवक्ता बाेगटीका अनुसार उपसभापति लेखबहादुर कार्कीलाई रामेछाप नगरपालिका, उपसभापति नबराज थोकरलाई खाँडादेवी गाउँपालिका, सचिव विनोद कार्कीलाई मन्थली नगरपालिका, सचिव दिपक खड्कालाई गोकुलगंगा गाउँपालिकाको संयोजक ताेकेकाे छ ।
त्यसैगरि सहसचिव ध्रुव चौलागाईलाई सुनापति गाउँपालिका, सहसचिव कमल योञ्जनलाई लिखुतामाकोशी गाउँपालिका, कोषाध्यक्ष लबबहादुर थापामगरलाई दोरम्बा गाउँपालिका र प्रवक्ता नारायणबहादुर बोगटीलाई उमाकुण्ड गाउँपालिकाको संयोजकको जिम्मेबारी दिइएको छ ।
संयाेजकहरूले अभियानको क्रममा पालिकामा तहमा पुगेर स्थानीय निर्वाचन केन्द्रित कांग्रेसका रणनीति, कांग्रेसले विकास निर्माणमा खेलेको भूमिका, पालिकामा संगठन विस्तारका लागि संचालन गर्नुपर्ने क्रियाकलाप र मतदाताहरुको धारणा समेतलाई बुझ्ने बताइएकाे छ ।
साथै पार्टीले संचालन गरेका विभिन्न गतिविधिहरुका बारेमा पनि अभियानमा कार्यकर्ताहरुलाई प्रशिक्षित गराउने योजना प्रवक्ता बाेगटीले जानकारी गराए ।
पत्रकार सम्मेलनमा प्रवक्ता बोगटीले जिल्ला सभापति पूर्णवहादुर तामाङ (कान्छाराम ) को अध्यक्षतामा जिल्लाका ७ स्थानीय तहमा जिल्ला कार्य समितिका बैठक सम्पन्न भएकाे, जिल्ला समितिका विभिन्न पदमा मनोनयन गर्ने कार्यलाई पूर्णता दिइएको, ६४ वटै वडा तहमा टोल कार्य समितिको गठन अन्तिम चरण्मा पुगेको, जिल्ला कार्य समितिका विभिन्न विषयगत शाखाहरु गठन भएका बताए ।
यसक्रममा करिब २ हजार कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका पनि उनले दाबी गरे ।
पार्टीभित्र देखिएको सामान्य विवादलाई छलफल गरी मिलाएर लैजाने बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
प्रतिकृया दिनुहोस