सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ र उच्च अदालतमा कुँवर सिफारिस
- गाउँ सहर संवाददाता
- २६ फाल्गुण बिहीबार, २०७८ | १९:५४:०० मा प्रकाशित
काठमाडौं । न्यायपरिषदले उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ।
बिहीबार बसेको न्याय परिषदको बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
यस्तै, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
अब श्रेष्ठको नाम संसदीय सुनुवाइका लागि पठाइने छ भने कुँवरलाई अब कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीले उच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नेछन् ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा तिलप्रसाद श्रेष्ठ २०८३ भदौ १३ गतेसम्म सर्वोच्च अदालतको न्यायाधीश हुनेछन् ।
सर्वोच्च अदालतमा एक जना न्यायाधीशको पद खाली थियो। सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश हुने व्यवस्था छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस