वातावरण

आज धेरै भूभागमा माैसम सफा, केहि भागमा हल्का वर्षा

काठमाडाैँ । आज २०७८ फागुन २४ गते  (मंगलबार), जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम, गण्डकी र प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने विभागले बताएकाे छ । देशभर तापक्रम बढ्ने क्रममा रहेकोले विशेष गरी तराई र चुरे क्षेत्रमा गर्मीबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन विभागकाे अनुरोध छ ।

गाउँ सहर संवाददाता