“ग्लोबल स्मार्ट प्लस” मार्फत नेपाल आइडलमा भोटिङ गर्न सकिने
- गाउँ सहर संवाददाता
- २३ फाल्गुण सोमबार, २०७८ | १९:०९:०० मा प्रकाशित

काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४ का आफूलाई मनपर्ने प्रतियोगीहरुलाई बैंकको मोबाइल एप “ग्लोबल स्मार्ट प्लस” प्रयोग गरी भोट गर्न सक्नेछन् ।
बैंकले मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुलाई लक्षित गरी आफूलाई मन परेको प्रतियोगीलाई “विजयी भव” भनी जीतका लागि आशिर्वाद दिन सक्ने व्यवस्था गरेको छ । ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले समयसमयमा यस्ता किसिमका योजनाहरु ल्याउने गरेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामासमेत महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस