गाउँ सहर
श्रीमतीलाइ एसिड प्रहार गर्ने श्रीमान पक्राउ
- गाउँ सहर संवाददाता
- २३ फाल्गुण सोमबार, २०७८ | १२:२३:०० मा प्रकाशित

काठमाडाैं । प्रहरीले श्रीमतीलाई एसिड प्रहार गर्ने श्रीमानलाइ पक्राउ गरेकाे छ । श्रीमतीलाई एसिड प्रहार गर्ने श्याम गुभाजु पक्राउ परेका हुन् । भक्तपुरको सूर्यबिनायक नगरपालिका ४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षीय गुभाजुले श्रीमतीलाई एसिड प्रहार गरी कुटपिट गरेका थिए ।
महानगरीय प्रहरी परिसर भक्तपुरले गुभाजुले श्रीमतीमाथि केमिकल (रसायन) शरीरमा प्रहार गरी घाइते बनाएको जानकारी दिएकाे छ ।
एसिड प्रहार भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोलीले घाइतेलाई बर्न अस्पताल कीर्तिपुर लगिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाएका छन् ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
प्रतिकृया दिनुहोस