गाउँ सहर

तास खेलिरहेकाे अवस्थामा ६ जना पक्राउ

काठमाडाैं । प्रहरीले तास खेलिरहेकाे अवस्थामा ६ जनालाइ पक्राउ गरेकाे छ । कुश्मा नगरपालिका ७ दुर्लुङचोक बस्ने मना श्रीसको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका - ४ छमर्के बस्ने ४५ वर्षीय गंगा बहादुर मगर लगायत ६ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ । 

मना श्रीसको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४८ हजार १ सय ७० रुपैयाँ र २ सय ८ पत्ती तास सहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएकाे छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे बताएकाे छ । 

गाउँ सहर संवाददाता