युक्रेन - रुस द्वन्द्व समाधानका लागि तेश्रो चरणको शान्तिवार्ता आज
- गाउँ सहर संवाददाता
- २३ फाल्गुण सोमबार, २०७८ | ११:२२:०० मा प्रकाशित
काठमाडाैं । युक्रेन - रुस द्वन्द्व समाधान गर्नको लागि तेश्रो चरणको शान्तिवार्ता हुन लागेको छ ।
साेमबार शान्तिर्वाता गर्नको लागि दुवै पक्षले आफ्नो तयारी पूरा गरेको अलजजिराले उल्लेख गरेको छ ।
शान्तिवार्ता नजिकिँदै गर्दा रुसी सेनाले युक्रेनका विभिन्न शहरमा आक्रमणलाई तीव्रता दिएको छ । आक्रमणका कारण भौतिक निर्माणको क्षतिसहित धेरै मात्रामा हताहति भएका छन् ।
अमेरिकी सरकारले रुसलाई थप नाकाबन्दी गरेको छ । रुसी तेल अमेरिकामा विक्रीवितरणमा रोक लगाएको छ ।
रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले रुसको सबै माग पुरा नभएसम्म आक्रमण तीब्र पार्ने बताएका छन् ।
रुसमा नेटफ्क्सिले आफ्नो सेवा बन्द गरेको छ । रुसलाई आर्थिक रुपमा जर्जर बनाउन युक्रेनी राष्ट्रपति भोलोड्मिर जेलेन्स्कीले पश्चिमी शक्ति राष्ट्रहरुलाई थप नाकाबन्दीको घेरा साँगुरो पर्न आह्वान गरेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस