सुस्तायाे शेयरबजार : सामान्य अंककाे गिरावट, काराेबार रकम पनि सुधारिएन
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण आइतबार, २०७८ | १५:२१:०० मा प्रकाशित

काठमाडौं । शेयरबजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार कुनै सुधार देखिएन ।
साताको कारोबारको पहिलो दिन आज सामान्य अंकको गिरावट आएको छ ।
यसदिन नेप्से ३.६६ अंकले घटेर दुई हजार ५ सय ४३ दशमलब ३९ विन्दुमा रोकिएको हो ।
त्यस्तै, आज २ अर्ब ४९ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा १०१ वटा कम्पनी घटेका छन् भने ७८ वटा कम्पनी मात्रै बढेका छन् । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा सामान्य वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा मैलुङ खोला जलविद्युत् कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्यमा आज ७.८० प्रतिशतले बढेर प्रतिकित्ता ६६३ रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज शिवम् सिमेन्ट कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ७.११ प्रतिशतले घटेर प्रतिकित्ता १०८५ रुपैयाँमा झरेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज १५ करोड २२ लाख भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस