सुस्तायाे शेयरबजार : सामान्य अंककाे गिरावट, काराेबार रकम पनि सुधारिएन
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण आइतबार, २०७८ | १५:२१:०० मा प्रकाशित
काठमाडौं । शेयरबजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार कुनै सुधार देखिएन ।
साताको कारोबारको पहिलो दिन आज सामान्य अंकको गिरावट आएको छ ।
यसदिन नेप्से ३.६६ अंकले घटेर दुई हजार ५ सय ४३ दशमलब ३९ विन्दुमा रोकिएको हो ।
त्यस्तै, आज २ अर्ब ४९ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा १०१ वटा कम्पनी घटेका छन् भने ७८ वटा कम्पनी मात्रै बढेका छन् । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा सामान्य वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा मैलुङ खोला जलविद्युत् कम्पनी रहेको छ । यस कम्पनीको शेयरमूल्यमा आज ७.८० प्रतिशतले बढेर प्रतिकित्ता ६६३ रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज शिवम् सिमेन्ट कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ७.११ प्रतिशतले घटेर प्रतिकित्ता १०८५ रुपैयाँमा झरेको छ ।
कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज १५ करोड २२ लाख भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस