प्रतिनिधि सभा भंग गरेर चुनावमा जाऔं : माधव नेपाल
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण आइतबार, २०७८ | १४:४७:०० मा प्रकाशित
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा भंग गरेर चुनावमा जान सकिने बताएका छन् । आइतबार संसद भवनमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै केपी ओलीलाई संसदमा कति सहने अब चुनावमा जानुपर्ने बताएका हुन् ।
तीनै तहको निर्वाचन एकैपटक गर्नेबारे छलफल भइरहेको उनले बताए ।
गठबन्धनमा आबद्ध दलहरुबीच त्यस किसिमको छलफल भइरहेको उनको भनाइ छ।
एमालेका कारण त्यस्तो निष्कर्षमा पुगिएको उनले बताए ।
'एमालेले संसद् पनि चल्न नदिने, संसद्मा गञ्जागोल कायम राख्ने, पंगु बनाउने र हामीलाई पनि दुःख दिने काम गरिरहेको छ। यस्तो अवस्थामा संसद् विघटन गरेर 'अर्ली' निर्वाचनमा जानु नै उत्तम हुन्छ', अध्यक्ष नेपालले भने ।
उनले त्यसपछि न संसद् रहने, न ओलीको वितण्डा रहने बताए। नेकपा एमालेले गत भदौदेखि संसद् अवरोध गर्दै आएको छ ।
“एमालेले संसद चल्न पनि नदिने, हामीले भत्ता खाइरहने, केपी ओलीलाई कति सहने ? अब सबै निर्वाचनमा जाऔँ,” नेपालको भनाई थियो ।
एमाले आफूले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरी सभामुख अग्निप्रसाद सापकोटाले विभेदकारी भूमिका निर्वाह गरेको भन्दै लगातार रुपमा संसद् अवरुद्ध गर्दै आएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस