प्रतिनिधि सभा भंग गरेर चुनावमा जाऔं : माधव नेपाल
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण आइतबार, २०७८ | १४:४७:०० मा प्रकाशित
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा भंग गरेर चुनावमा जान सकिने बताएका छन् । आइतबार संसद भवनमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै केपी ओलीलाई संसदमा कति सहने अब चुनावमा जानुपर्ने बताएका हुन् ।
तीनै तहको निर्वाचन एकैपटक गर्नेबारे छलफल भइरहेको उनले बताए ।
गठबन्धनमा आबद्ध दलहरुबीच त्यस किसिमको छलफल भइरहेको उनको भनाइ छ।
एमालेका कारण त्यस्तो निष्कर्षमा पुगिएको उनले बताए ।
'एमालेले संसद् पनि चल्न नदिने, संसद्मा गञ्जागोल कायम राख्ने, पंगु बनाउने र हामीलाई पनि दुःख दिने काम गरिरहेको छ। यस्तो अवस्थामा संसद् विघटन गरेर 'अर्ली' निर्वाचनमा जानु नै उत्तम हुन्छ', अध्यक्ष नेपालले भने ।
उनले त्यसपछि न संसद् रहने, न ओलीको वितण्डा रहने बताए। नेकपा एमालेले गत भदौदेखि संसद् अवरोध गर्दै आएको छ ।
“एमालेले संसद चल्न पनि नदिने, हामीले भत्ता खाइरहने, केपी ओलीलाई कति सहने ? अब सबै निर्वाचनमा जाऔँ,” नेपालको भनाई थियो ।
एमाले आफूले सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरी सभामुख अग्निप्रसाद सापकोटाले विभेदकारी भूमिका निर्वाह गरेको भन्दै लगातार रुपमा संसद् अवरुद्ध गर्दै आएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
प्रतिकृया दिनुहोस