नेप्लीज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेशन रिप्रेजेन्टेटिभस् नायरको साधारण सभा सम्पन्न
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण आइतबार, २०७८ | १३:५१:०० मा प्रकाशित
काठमाडाैं । नेप्लीज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेशन रिप्रेजेन्टेटिभस् नायरको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले अध्यक्षमा प्रेम पाण्डे, उपाध्यक्षमा उद्धव बहादुर खड्का, महासचिवमा थरेन्द्रराज अधिकारी, सचिवमा एन्ड्रु पौडेल, कोषाध्यक्षमा शालिकराम भण्डारी, कार्यकारी सदस्यमा विराज पाण्डे र बुद्ध शाक्य निर्वाचित भएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निवर्तमान अध्यक्ष विज्ञान श्रेष्ठले कोरोनाको महामारीले शैक्षिक परामर्श क्षेत्र पूर्ण प्रभावित भएको र आगामी पललाई सृजनात्मक बनाउन समेत शुभकामना ब्यक्त गरेका थिए ।
निर्वाचित अध्यक्ष प्रेम पाण्डेले यस पटकको निर्वाचित सम्पूर्ण टिमलाई उत्प्रेरणा प्रदान गर्दै नेप्लीज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेशन रिप्रेजेन्टेटिभस् नायरको गतिविधिलाई अगाडि बढाउनसमेत निर्देशन गरेका थिए ।
"अस्ट्रेलियन दुताबास, आना, नाकी, अष्ट्रेलियन अवार्ड लगायतका विभिन्न संस्थाहरुसँग सहकार्य गरीआफ्ना गतिविधि अगाडि बढाइरहेको छौँ । साथै अष्ट्रेलियन एजुकेशन इन्फर्मेसन सेन्टर समेत स्थापना भैसकेको छ । बोर्डर खोलेसँगै हामी अष्ट्रेलियन कल्चर, बिजिनेस र एजुकेशनलाई विभिन्न कार्यक्रम मार्फत प्रवर्द्धन गर्नेछौ ।" नवनिर्वाचित उपाध्यक्ष उद्धव बहादुर खड्काले जानकारी गराए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
- २४ घण्टामा सबैभन्दा धेरै वर्षा काभ्रेको रोशीमा
- अब कृषि विकास बैंकको स्मार्ट प्लस एपबाटै डिसहोमका सेवा नवीकरण गर्न सकिने
- नेपाल मेडिकल कलेजमा विभिन्न पदमा रोजगारीको अवसर, कात्तिक २१ सम्म आवेदन दिन सकिने
- चक्रवात ‘अर्णव’को प्रभाव नेपालभर, कोशीदेखि कर्णालीसम्म वर्षा र हिमपातको सम्भावना
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
प्रतिकृया दिनुहोस