नेप्लीज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेशन रिप्रेजेन्टेटिभस् नायरको साधारण सभा सम्पन्न
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण आइतबार, २०७८ | १३:५१:०० मा प्रकाशित
काठमाडाैं । नेप्लीज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेशन रिप्रेजेन्टेटिभस् नायरको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाले अध्यक्षमा प्रेम पाण्डे, उपाध्यक्षमा उद्धव बहादुर खड्का, महासचिवमा थरेन्द्रराज अधिकारी, सचिवमा एन्ड्रु पौडेल, कोषाध्यक्षमा शालिकराम भण्डारी, कार्यकारी सदस्यमा विराज पाण्डे र बुद्ध शाक्य निर्वाचित भएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निवर्तमान अध्यक्ष विज्ञान श्रेष्ठले कोरोनाको महामारीले शैक्षिक परामर्श क्षेत्र पूर्ण प्रभावित भएको र आगामी पललाई सृजनात्मक बनाउन समेत शुभकामना ब्यक्त गरेका थिए ।
निर्वाचित अध्यक्ष प्रेम पाण्डेले यस पटकको निर्वाचित सम्पूर्ण टिमलाई उत्प्रेरणा प्रदान गर्दै नेप्लीज एसोसिएसन अफ अष्ट्रेलिया एजुकेशन रिप्रेजेन्टेटिभस् नायरको गतिविधिलाई अगाडि बढाउनसमेत निर्देशन गरेका थिए ।
"अस्ट्रेलियन दुताबास, आना, नाकी, अष्ट्रेलियन अवार्ड लगायतका विभिन्न संस्थाहरुसँग सहकार्य गरीआफ्ना गतिविधि अगाडि बढाइरहेको छौँ । साथै अष्ट्रेलियन एजुकेशन इन्फर्मेसन सेन्टर समेत स्थापना भैसकेको छ । बोर्डर खोलेसँगै हामी अष्ट्रेलियन कल्चर, बिजिनेस र एजुकेशनलाई विभिन्न कार्यक्रम मार्फत प्रवर्द्धन गर्नेछौ ।" नवनिर्वाचित उपाध्यक्ष उद्धव बहादुर खड्काले जानकारी गराए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस