गाउँ सहर
३ लाख ८५ हजार भन्दा बढी रकम सहित २४ जुवाडे प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण आइतबार, २०७८ | १२:१८:०० मा प्रकाशित

काठमाडाैं । प्रहरीले रु ३ लाख ८५ हजार ३३० नगदसहित २४ जना जुवाडेलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरी टोलीले महालक्ष्मी नगरपालिका-४ इमाडोलस्थित एकबहादुर रानाको जस्ताले बनाएको टहराभित्रभित्र जुवा खेलिरहेको अवस्थामा शनिबार रति २४ जनालाई पक्राउ गरेको हो ।
पैसाको ठूलो हारजित हुनेगरी जुवा खेलिरहेका २४ जनालाई ८ बुक ताससहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएकाे छ ।
पक्राउ पर्नेमा महालक्षमी नगरपालिका -४ ईमाडोल सेतीपाखा बस्ने ३३ वर्षीय तेजबहादुर थापासहित २३ जना रहेका छन् ।
पक्राउ व्यक्तिसँग प्रहरीले नगद, ८ बुक तास बरामद गरेको जनाएकाे छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस