एकैदिन २००० रुपैयाँले बढ्याे सुनकाे मूल्य, ताेलामा लाख भन्दा माथि
- गाउँ सहर संवाददाता
- २२ फाल्गुण आइतबार, २०७८ | ११:२८:०० मा प्रकाशित

काठमाडाैं । आइतबार नेपाली बजारमा सुनकाे मूल्यमा भारी मूल्य वृद्धि भएकाे छ । नेपाली बजारमा करिब डेढ वर्षपछि सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ भन्दामाथि पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १ हजार ९०० रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य १ लाख १ हजार ४०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । गत साताको शुक्रबार सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ थियो ।
महासंघका अनुसार आज तोलामा २००० रुपैयाँले बढ्दै करिब डेढ वर्षयता पहिलोपटक एक लाख रुपैयाँभन्दा माथि पुगेको हो । यसअघि, गत वर्ष २०७७ साल भदौ ३ गते सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ पुगेको थियो । त्यसयता निरन्तर घट्दै उक्त मूल्यमा पुगेको थिएन ।
आज चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँ छ । आज कायम भएको चाँदीको मूल्य अहिलेसम्मकै कीर्तिमानी रहेकाे महासंघले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस