अर्थतन्त्र
अर्थ मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि आयोगलाई ८ अर्ब ११ करोड रुपैयाँ छुट्यायाे
- गाउँ सहर संवाददाता
- १९ फाल्गुण बिहीबार, २०७८ | १६:५९:०० मा प्रकाशित
काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ छुट्याएको छ । निर्वाचन आयोगले ८ अर्ब ९५ करोड रुपैयाँ माग गरे पनि मन्त्रालयले ८ अर्ब ११ करोड मात्रै दिने भएको हो ।
आयोगले माग गरेको बाहेक सूचना प्रविधि, मतपत्र ढुवानी र विद्युतीय मतदान मेसिनलगायतका शीर्षकमा बजेट कटौती गरेको छ । मत्रपत्र ढुवानी जहाजबाट गर्ने भनिए पनि सेनासँग समन्वय गर्ने भएकाले उक्त शीर्षकमा बजेट निकासा नगरिएको मन्त्रालय जनाएको छ ।
आयोगले विद्युतीय मतदानका लागि एक करोड रुपैयाँ माग गरेको थियो ।
आयोगले मतपत्रबाटै निर्वाचन गराउन सात सय मेट्रिक टन कागज खरिद गर्न टेन्डर गरिसकेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस