सत्ता गठबन्धनको बैठक सकियाे, यस्ताे भयाे निर्णय
- गाउँ सहर संवाददाता
- १९ फाल्गुण बिहीबार, २०७८ | १२:३१:०० मा प्रकाशित

काठमाडाैं । सत्ता गठबन्धनको बैठक सकिएकाे छ । बैठकले आफ्नो कामको समीक्षा गरेको छ । बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले अहिलेसम्मका काम कारबाहीको समीक्षा गरेको जनता समाजवादी पार्टी जसपाका अध्यक्षले जानकारी दिएका छन् । उनले भने, ‘अहिलेसम्म गरेका कामलाई उपलब्धि मान्नुपर्छ । एमसीसी पास भएको छ ।’
सत्ता गठबन्धनले घोषणा गरेको साझा न्युनतम कार्यक्रमलाई कार्यन्वयन केन्द्रित हुनुपर्ने बैठकले निर्णय गरेको यादवले बताए । उनले भने - ‘जनतालाई राहत दिने र समग्र अर्थतन्त्र उकालो लाग्नुपर्यो भन्ने कुरामाथि छलफल भएको हो ।’ । यस्तै वैशाख ३० मा हुनेमा स्थानीय तहको चुनावमा सकेसम्म मिलेर जाने निर्णय भएको जनाए ।
यादवले भने, - ‘स्थानीय तहमा सकेसम्म मिलेर जानेमा गठबन्धनभित्र एक मत छ ।' ‘स्थानीय तहको सबै ठाउँमा गठबन्धन गरेर जान सकिने अवस्था छैन । तर सिकेको ठाउँमा मिलेर जाऊ भन्नेमा हामी सबै सहमत छौं ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस