सत्ता गठबन्धनको बैठक सकियाे, यस्ताे भयाे निर्णय
- गाउँ सहर संवाददाता
- १९ फाल्गुण बिहीबार, २०७८ | १२:३१:०० मा प्रकाशित
काठमाडाैं । सत्ता गठबन्धनको बैठक सकिएकाे छ । बैठकले आफ्नो कामको समीक्षा गरेको छ । बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले अहिलेसम्मका काम कारबाहीको समीक्षा गरेको जनता समाजवादी पार्टी जसपाका अध्यक्षले जानकारी दिएका छन् । उनले भने, ‘अहिलेसम्म गरेका कामलाई उपलब्धि मान्नुपर्छ । एमसीसी पास भएको छ ।’
सत्ता गठबन्धनले घोषणा गरेको साझा न्युनतम कार्यक्रमलाई कार्यन्वयन केन्द्रित हुनुपर्ने बैठकले निर्णय गरेको यादवले बताए । उनले भने - ‘जनतालाई राहत दिने र समग्र अर्थतन्त्र उकालो लाग्नुपर्यो भन्ने कुरामाथि छलफल भएको हो ।’ । यस्तै वैशाख ३० मा हुनेमा स्थानीय तहको चुनावमा सकेसम्म मिलेर जाने निर्णय भएको जनाए ।
यादवले भने, - ‘स्थानीय तहमा सकेसम्म मिलेर जानेमा गठबन्धनभित्र एक मत छ ।' ‘स्थानीय तहको सबै ठाउँमा गठबन्धन गरेर जान सकिने अवस्था छैन । तर सिकेको ठाउँमा मिलेर जाऊ भन्नेमा हामी सबै सहमत छौं ।’
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस