विश्व

युक्रेन आक्रमण : ५३६ जनाको ज्यान गयाे

काठमाडाैं । युक्रेन आक्रमणमा परी ५३६ जनाको ज्यान गएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

युक्रेनमाथि रुसको आक्रमणमा परेर एकहप्तामा १३ जना बालबालिकासहित एकसय ३६ जना सर्वसाधारणको मृत्यु र चारसय जना घाइते भएका छन् ।

संयुक्त राष्ट्र सङ्घको ओएचसीएचआरका प्रवक्ता लिज थ्रोस्सेलले मानव हताहति योभन्दा पनि बढी हुने सक्ने बताएका छन् ।

उनका अनुसार पूर्वी युक्रेनको डोनेत्स्क र लुहान्स्क क्षेत्रमा मात्रै दुईसय ५३ जनाको ज्यान गएको अलजजिराले जनाएकाे छ ।

गाउँ सहर संवाददाता