प्रतिनिधि सभा

संसद बैठक आइतबारसम्मका लागि स्थगित

 

काठमाडाैं । संघीय संसद् अन्तर्गतकाे प्रतिनिधि सभाको बैठक फागुन २२ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

बुधबारको   बैठकमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले ले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गरेका थिए ।

बैठकको सुरुदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले वेल घेराउ गर्दै विरोध गरेका थिए । पार्टीले कारबाही गरेका नेकपा (एकीकृत समाजवादी) मा आबद्ध १४ सांसदहरूको सूची सभामुखले टाँस्नुपर्नेलगायत माग राख्दै निरन्तर प्रतिनिधिसभा बैठक अवरुद्ध पार्दै आएको हो ।

आगामी बैठक आइतबार १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
 

गाउँ सहर संवाददाता