प्रतिनिधि सभा

प्रतिनिधिसभाकाे बैठक आज बस्दै, के छ सम्भावित कार्यसूची ?

काठमाडाैं । प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दैछ । एमसीसी पारित भएपछिकाे याे पहिलाे बैठक हाे । 

बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

संसद सचिवालयले आज बस्ने बैठकका लागि सम्भावित सूचि सार्वजनिक गरेको हो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रथिवेदन पेश गर्ने छन् ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपाल नागरिक उड्डयन प्राधिकरण विद्येयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विद्येयक २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

दिउँसाे एक बजे बस्ने छ । 

गाउँ सहर संवाददाता