स्वास्थ्य

उपत्यकामा थप ५८ जनामा कोरोना संक्रमण

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँमा ५१ र ललितपुरमा ७ जना संक्रमित थपिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 

गत २४ घण्टामा देशभर ३१८ जना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

बिहीबार ५६२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर ९ हजार ६७८ जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार गत चौबीस घन्टामा ५ हजार ५०८ पीसीआर तथा २ हजार २३५ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता