स्वास्थ्य
देशमा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि, ५६२ जना संक्रमणमुक्त
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण बिहीबार, २०७८ | १६:५३:०० मा प्रकाशित

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
मन्त्रालयका अनुसार पाँच हजार ५०८ जनाको पीसीआर परीक्षण र २२३५ जनाको एन्टिजेन परीक्षण गरी जम्मा ३१८ जनामा संक्रमण पुष्टि भएको हो ।
साेही समयमा काेराेनाका कारण एककाे निधन भएकाे छ ।
यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९३१ पुगेको छ ।
बिहीबार ५६२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ९ हजार ६७८ जना सक्रिय संक्रमित रहेका छन् ।
गत चौबीस घन्टामा ५५०८ पीसीआर तथा २ हजार २३५ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस