स्वास्थ्य
देशमा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि, ५६२ जना संक्रमणमुक्त
- गाउँ सहर संवाददाता
- १२ फाल्गुण बिहीबार, २०७८ | १६:५३:०० मा प्रकाशित
काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
मन्त्रालयका अनुसार पाँच हजार ५०८ जनाको पीसीआर परीक्षण र २२३५ जनाको एन्टिजेन परीक्षण गरी जम्मा ३१८ जनामा संक्रमण पुष्टि भएको हो ।
साेही समयमा काेराेनाका कारण एककाे निधन भएकाे छ ।
यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९३१ पुगेको छ ।
बिहीबार ५६२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ९ हजार ६७८ जना सक्रिय संक्रमित रहेका छन् ।
गत चौबीस घन्टामा ५५०८ पीसीआर तथा २ हजार २३५ एन्टिजेन परीक्षण भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
प्रतिकृया दिनुहोस